लामाचौर तीज महोत्सवमा राष्ट्रिय भलिबल

आदर्श समाज सम्वाददाता
भाद्र ५, २०७९
298823003_391631932914674_8174475657922085774_n

पोखरा, ५ भदौ । नव आदर्श सामुदायिक विकास समाज, लामाचौरको आयोजनामा राष्ट्रिय महिला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

तीजको अवसरमा २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत इन्द्रराज्यलक्ष्मी मावि प्राङ्गणमा भदौ ११ देखि १४ गतेसम्म सो प्रतियोगिता हुन लागेको हो ।

लामाचौर कप महिला राष्ट्रिय भलिबल प्रतियोगितातर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टर्स क्लब र गण्डकी प्रदेशको टिमले भाग लिने छन् ।

पुरुष भलिबलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमले भाग लिने छन् । विजेताले १ लाख ५० हजार १११, उपविजेताले १ लाख १११ र तेस्रो हुनेले ५० हजार १११, सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट विधामा आकर्षक पुरस्कार दिइनेछ ।

सो अवसरमा तीजगीत प्रतियोगिता, अन्तरमावि लोक नृत्य, लगायत विविध कार्यक्रम हुने महोत्सव उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षेत्रीले जानकारी दिए ।

संस्थाका अध्यक्ष रेश्मा शेरचन अधिकारीले शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिने श्रष्टालाई आयोजकले विगतमा झैं सम्मान गर्ने बताइन् ।

भलिबल प्रतियोगिताअन्तर्गत उद्घाटनका खेल अघिल्लो दिन भदौ ११ देखि नै हुने छन् । महोत्सवमा ५४ लाख ५ हजार खर्च हुने आयोजकको अनुमान रहेको आर्थिक संयोजक दिलबहादुर थापाले बताए ।
भदौ १२ गते राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले महोत्सव उद्घाटन गर्नेछन् भने समापनमा पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड आउने छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width