नवौं राष्ट्रिय खेलकुद : गण्डकीमा पहिलो चरणको प्रशिक्षण एवं छनोट

आदर्श समाज सम्वाददाता
भाद्र ४, २०७९
9th sports

पोखरा । नवौं राष्ट्रिय खेलकुद लक्षित गरी प्रदेश खेलकुद परिषद् गण्डकीले पहिलो चरणको खेलाडी प्रशिक्षण र छनोट शुक्रबारदेखि सुरु गरेको छ ।

पहिलो चरणमा विभिन्न १४ र महिलातर्फका ५ खेलका लागि कास्कीसहित नवलपुर, स्याङ्जा, गोरखा र बाग्लुङमा प्रशिक्षण सुरु गरिएको हो । विशेष प्रशिक्षणबाट प्राविधिक टोलीले आवश्यक खेलाडी छनोट गर्ने परिषद्ले जनाएको छ । आगामी असोज २८ देखि कात्तिक ३ सम्म चल्ने राष्ट्रिय खेलकुदमा ३६ र २ प्रदर्शनी खेल गरी ३८ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

३ सातासम्म सफ्ट टेनिस, टेनिस, स्क्वास, खोखो, महिला हक्की, फेन्सिङ, स्विमिङ, ट्राइयाथलन, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेलका प्रशिक्षण हुनेछन् ।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बजेट अभावमा खेलाडीको प्रशिक्षण र आधारभूत सुविधाबाट वञ्चित हुन नदिइने प्रतिवद्धता जनाए । उनले भने, ‘राष्ट्रको गौरवसँग जोडिएको राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सफल पार्न आयोजक प्रदेशका हिसाबले गण्डकी प्रदेश सरकारका प्रतिवद्ध छ । खेलाडीलाई बजेट अभावमा आधारभूत सुविधाबाट बञ्चित गरिने छैन, प्रतियोगितालाई बजेटको कमी हुन दिइने छैन ।’ उनले पैसाका कारणले व्यवस्थापकीय तथा खेलाडीलाई आधारभूत विषयमा कुनै कमी हुन नदिइने बताए ।

प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखहरुको छलफलपछि पहिलो चरणको खेलाडी छनोट र प्रशिक्षण सुरु बताए । उनले राष्ट्रिय खेलकुदका लागि गण्डकीमा २ चरणमा खेलाडी छनोट गरिने बताए । पहिलो चरणमा १४ वटा खेलहरुलाई विशेष प्रशिक्षणपछि प्राविधिक टोलीले सोझै खेलाडी छनोट गर्नेछ भने दोस्रो चरणमा २२ वटा खेलहरुको जिल्ला छनोट प्रतियोगिता हुनेछ । जिल्ला छनोटपछि प्रादेशिक छनोट प्रतियोगिताबाट राष्ट्रियका लागि गण्डकीको टोली तयार हुनेछ ।

जिल्ला छनोट भदौ ९ देखि १२ सम्म सञ्चालन गर्ने कार्यतालिका छ । विशेष प्रशिक्षण र जिल्ला छनोटपछि पोखरामा भदौ १५ देखि १८ गतेसम्म अन्तिम छनोट तालिका तय गरिएको छ । परिषद्ले अन्तिम छनोट भएका खेलाडीलाई आगामी भदौ २६ देखि असोज २६ सम्म आवासीय सुविधासहित प्रशिक्षण दिनेछ ।

प्रदेश नीति तथा योजना आयोगका सदस्य डा सुवास अधिकारीले खेलकुद स्वास्थ्यका लागि मात्र नभएर देशको पहिचान र समृद्धिका लागि समेत आवश्यक रहेको बताउँदै राष्ट्रिय प्रतियोगिता सबै मिलेर सफल पार्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले नवौं सफल बनाउने जिम्मा प्रदेशकै रहेको बताउँदै मन्त्रालय सदैव खेलमैत्री रहेको उल्लेख गरे ।

परिषदका उपाध्यक्ष धोजकुमार गुरुङले धन्यवाद मन्तव्य राख्दै सबै मिलेर नवौं सफल बनाउन आग्रह गरे । कार्यक्रममा परिषद् कार्यकारी सदस्य तारामाया थापामगर र सदस्य खगेन्द्र क्षेत्रीले पनि बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width