वाइयुके सुपरमार्केट तीजगीत

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०७९
yuk

पोखरा । तीज अवसरमा नीति प्रेस मिडिया प्रालिले वाइयुके सुपरमार्केट प्रथम खुला तीज गीत प्रतियोगिता–२०७९ गर्ने भएको छ ।

फेवाताल किनारको वाइयुके सुपरमार्केट परिसरमा भदौ ११ गते सो प्रतियोगिता हुने बिहीबार पत्रकार सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी निर्देशक माधव पोखरेलले जानकारी दिए । मौलिक कला संस्कृति संरक्षणसँगै पर्यटनमा सघाउ पुग्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए । ३० टिमको सहभागिता रहने अपेक्षा गरिएको प्रतियोगितामा ख्यातिप्राप्त कलाकारको प्रस्तुति समेत रहने छ ।

प्रथमलाई ३० हजार, द्वितीयलाई २० हजार, तृतीयलाई १० हजारसहित प्रमाणपत्र प्रदान गरिने कम्पनीका निर्देशक एवं कार्यक्रम संयोजक गणेश लम्सालले जानकारी दिए । प्रतियोगिता आयोजना गर्न करिब ३ लाख ७८ हजार र आमदानी ४ लाख १५ हजार हुने अनुमान आयोजकको छ । प्रतियोगिताको नारा ‘कला संस्कृतिको संरक्षण गरौं, पर्यटन प्रवद्धन गरौंै’ तय गरिएको छ । टिम दर्ता गर्न नृत्यसहित कम्तीमा ५ सदस्य हुनुपर्नेछ । दर्ता शुल्क १ हजार छ ।

Related News

सम्बन्धित समाचार

hero news full width