राधाकृष्ण गुरुकुल विद्यालयको भवन उद्घाटन

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०७९
radhakrishna guru

लेखनाथ । पोखरा ३२, लामेआहालस्थित राधाकृष्ण गुरुकुल संस्कृति विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । नवनिर्मित चारकोठे पक्की भवन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बिहीबार एक समारोहबीच उद्घाटन गरेका हुन् ।

उनले देशलाई विकसित बनाउन र अभावलाई सभ्य बनाउन शिक्षाको महत्व रहेकोमा जोड दिए । उनले संस्कृत भाषा एउटा जीवन पद्दति र वाङ्मय भएकाले जीवनलाई चरित्र र मानव जातिको उत्थान र विश्वबन्धुत्वको भावना उजागर गर्दै स्वास्थ्य र शिक्षा सर्वसुलभ हुनुपर्ने बताए । उनले संस्कृत शिक्षा र प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने अहिलेको आवश्यकता औलयए ।

कार्यक्रममा वडाध्यक्ष अक्कलबहादुर कार्की, गुरुकुल विद्यालयका सहअध्यक्ष गणेश खत्री, गोगन माविका अध्यक्ष मेघराज पौडेल, उज्ज्जल आमा समूहकी अध्यक्ष पवित्रा अधिकारी, समाजसेवी खेमराज अधिकारी, विद्यालय छात्र रुपेश हुमागाई लगायतले गुरुकुल संस्कृति शिक्षाको महत्वबारे बोलेका थिए ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका कार्यालय शिक्षा महाशाखाको आर्थिक तथा प्राविधिक सहयोगमा ३६ लाख रुपैयाँ लागतमा भवन निर्माण गरिएको हो ।

राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका अध्यक्ष हरिभक्त सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका सल्लाहकार माधव वाग्ले र संचालन शिक्षक प्रकाश उपाध्यायले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width