महेन्द्रले हिरक महोत्सव मनाउँदै

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०७९
shree bhadra

हेमजा । अन्नपूर्ण गाउँपालिका–१, नागडाँडास्थित महेन्द्र आधारभूत विद्यालयले मंसिर २२ देखि २८ सम्म हिरक महोत्सव मनाउने भएको छ ।

जसका लागि विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरपति दाहालको संयोजकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । त्यस्तै, लोकराज भण्डारीको संयोजकत्वमा अर्थ संकलन समिति तथा लगातार २० वर्ष अध्यक्ष भई सेवा गरेका लीलाधर अधिकारीको नेतृत्वमा सल्लाहकार समिति चयन पनि गरिएको छ । महोत्सव प्रचारप्रसारको पहिलो चरणअन्तर्गत अन्नपूर्ण समाज काठमाडौंको व्यवस्थापनमा असार २५मा काठमाडौंमा अन्तरक्रिया भएको छ ।

त्यस्तै, ढिकुरपोखरी समाज पोखराको व्यवस्थापनमा साउन १४ गते पोखरामा तथा साउन २८ मा विद्यालय प्रांगणमा नवनिर्वाचित गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीसहित जनप्रतिनिधि तथा अन्य सरोकारवालासँग अअन्तर्क्रिया गरी सुझाव संकलन गरिएको प्रअ ढकराज सुवेदीले जानकारी दिए ।

महोत्सवअन्तर्गत हिरक स्तम्भ निर्माण, विद्यालय मर्मत एवं रंगरोगन, छतको संरक्षणसहित सभाहल निर्माण, फर्निचर खरिद तथा कार्यक्रम स्टेज निर्माण, योगदान दिनेको अभिलेखीकरणसहित सम्मान गर्ने मूल कार्यक्रम छ ।

त्यस्तै भूपू विद्यार्थी, विव्यस तथा शिक्षकबीच पुनर्मिलन, वक्तृत्वकला, निबन्ध, हाजिरीजवाफ, दौड, भजन, ब्याटमिन्टन लगायतका विभिन्न प्रतियोगिता, स्वास्थ्य शिविर, रक्तदान, अभिभावक शिक्षा लगायतका कार्यक्रम गरिने छ । महोत्सव गर्न १ करोड खर्च लाग्ने अनुमान पनि छ । २०१६ मंसिर २८ मा महेन्द्र मिडिल स्कुलबाट सुरुआत उक्त विद्यालयले ६३ औं वसन्त पार गरेको अवसरमा हिरक महोत्सव मनाउन लागेको हो । विद्यालयमा हाल बाल कक्षादेखि ५ सम्म १ सय २७ विद्यार्थी छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरा बहुमुखी क्याम्पसको क्यालेन्डर विमोचन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न तह र संकायका विद्यार्थीलार्ई निशुल्क कम्प्युटर तालिम प्रदान गरिएको छ । विद्यार्थीलाई पाठ्यक्रमसँगै…
  • पोखरामा गणित समाजको कार्यशाला

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । नेपाल गणित समाजको आयोजनामा नेपाल गणित समाज गण्डकी प्रदेशको स्थानीय व्यवस्थापनमा आयोजित कार्यशाला गोष्ठी आइतबार पोखरामा सम्पन्न भएको…
  • लेकसिटी कलेजमा स्वागत र बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पहिलो वर्षमा भर्ना भएका र अन्तिम वर्षमा पढिरहेका विद्यार्थीलाई स्वागत तथा बिदाइ गरिएको…
  • राष्ट्रिय शिक्षक संगठन कास्कीमा तीर्थराज

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको १४ औं अधिवेशनबाट तीर्थराज ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्ष (खुला) मा…
  • गण्डकी बोर्डिङ व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत

    आदर्श समाज सम्वाददाता चैत्र २९, २०८०
    पोखरा । गण्डकी बोर्डिङ स्कुल व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत भएका छन् । सोमबारको बैठकले जग्गादाता मदनबहादुर केसी, एग्बोसाका निवर्तमान…

hero news full width