मिडिया फुटसल प्रतियोगिता हुने

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०७९
Futsal Photo

पोखरा । रेडियो सराङकोट पोखराले मिडिया फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । रेडियोको १६ औं वार्षिकोत्सव अवसरमा आगामी असोज ७ र ८ गते अन्तरमिडिया फुटसल प्रतियोगिता हुने भएको हो ।

पोखरामा बिहीबार पत्रकार सम्मेलनमा रेडियोका कार्यकारी निर्देशक कृष्णबहादुर थापाले वार्षिकोत्सव समारोह भव्य बनाउन मिडिया फुटसल प्रतियोगिता गर्न लागेको जानकारी दिए । करिब २५ टिमले भाग लिने अनुमान गरिएको प्रतियोगिता विजेताले ४० हजार र उपविजेताले २५ हजार साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । विधागत पुरस्कार समेत व्यवस्था छ ।

प्रतियोगिता संयोजक युवराज भण्डारीले प्रतियोगितामा भाग लिने खेलाडी विशुद्ध पत्रकार तथा संचारकर्मी हुनुपर्ने बताए । उनले गैरपत्रकार एवं संचारकर्मीलाई प्रवेशमा कडाइ गर्न कुनै कसर बाँकी नराख्ने बताए । त्यसका लागि सरोकारवालासँग बसेर थप प्रावधान बनाइने उनको भनाइ छ ।

यस्तै, रेडियोले वार्षिकोत्सव अवसरमा यही भदौ ७ मा महिला संचारकर्मीबीच तीज विशेष कार्यक्रम समेत गर्ने जनाएको छ ।

‘एकताबद्ध सहकार्य, आर्थिक उन्नतिका लागि सहकारी’ मूल मन्त्रका स्थानीय समुदायको पहलमा २०६३ सालको असोजमा सराङकोट बहुउद्देश्यीय सहकारी संस्था स्थापित भएको हो । सोही सहकारीद्वारा रेडियो सराङकोट संचालन भइरहेको स्टेसन म्यानेजर योगेन्द्र श्रेष्ठले जानकारी दिए ।

पत्रकार सम्मेलनमा अध्यक्षको आसनबाट प्रबन्ध निर्देशक अर्जुनबहादुर बस्नेतले सो अवसरमा सम्मान, प्रोत्साहन कार्यक्रम, रक्तदान एवं सरसफाइ कार्यक्रम समेत हुने जानकारी दिए । कार्यक्रममा स्वागत रेडियोका निर्देशक रमेशबहादुर थापा र संचालन स्टेशन म्यानेजर योगेन्द्र श्रेष्ठले गरेका थिए । पोखराको न्युरोडिस्थित रेडियो सराङकोटले समयसमयमा सामाजिक उत्तरदायित्वका कार्यक्रम संचालन गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width