लमजुङ । बेंशिसहर–८ की १९ वर्षीया साधना श्रेष्ठको उपचारमा आर्थिक अभाव सिर्जिएको छ । राइनोरियाका कारण उनको उपचारमा धेरै रकम लाग्ने जनाइएको छ । साधना लमजुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष स्व. धर्मराज श्रेष्ठको कान्छी छोरी हुन् ।
परिवारले पत्रकार सम्मेलन गरी उपचारमा आर्थिक सहयोगको अपील गरेको छ । साधनाका बाबुको गत वर्ष कोरोनाका कारण ज्यान गएको थियो । त्यसपछि परिवारमा आर्थिक संकटको बादल मडारिन थालेको हो ।
साधनाको यतिबेला काठमाडौंको टिचिङ हस्पिटलमा उपचार भइरहेको छ । छोरीको उपचारमा १० लाखभन्दा बढी खर्च भइसकेको उनकी आमा सुनकुमारीले बताइन् । उनका अनुसार त्यो रकम पनि सबै आफन्तजनको सहयोगबाट प्राप्त भएको हो । श्रीमान् हुँदाको समयमा जीवनयापनमा खासै असहज नभए पनि श्रीमान्को मृत्युपछिका दिनमा भने आर्थिक कठिनाई पर्दै आएको उनको गुनासो छ ।
साधनाको गत मंसिर २६ मा नारायणी सामुदायिक अस्पताल भरतपुरमा सो रोगको पहिचान भएको हो । उनलाई गत भदौ २९ गते बायाँ नाकबाट पानी बगिरहने समस्या देखा परेको हो । अप्रेसनपछि केही कम भएकोमा पूरा ठीक हुनका लागि थप अप्रेशन गर्नुपर्ने र त्यसका लागि भारत लग्नु पर्ने भएको छ । उपचारमा ८ लाख भारु लाग्ने साधनाकी आमाको भनाइ छ । उनले छोरी बचाइदिन पत्रकारमार्फत सहयोगको अपील गरेकी छन् ।
साधनालाई सुनाएका कुरा सम्झन नसक्ने, सुतिरहने खालको समस्या देखिएपछि पुनः जाँच गरिएको र अब उपचारमा नेपालमा सम्भव नभएको अस्पतालले बताएको छ । यही भदौभित्र उपचार गर्न डाक्टरले सल्लाह दिएकोले सबैसँग सहयोगको अपील गरिएको लमजुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार जटिल खालको स्वास्थ्य समस्या देखिएको र उपचार नेपालभित्र सम्भव नभएपछि सहयोग गर्न आग्रह गरिएको हो ।
साधनालाई सहयोग गर्न चाहनेले उनकी आमा सुनकुमारी श्रेष्ठको नाममा एभरेष्ट बैंक लिमिटेड बेंशिसहर शाखामा रहेको खाता नम्बर ०२७००५०१२०००८७ मा जम्मा गर्न सकिनेछ । साथै मो. ९८४६०७४२४१ मा सम्पर्क गर्न सकिनेछ ।
रेडियो मस्र्याङ्दीका सञ्चालक समिति उपाध्यक्षसमेत रहेका धर्मराज श्रेष्ठको परिवारमा परेको विपत्को जानकारी दिन सोही रेडियोको संयोजनमा रेडियोमै पत्रकार भेटघाट गरिएको रेडियोका प्रबन्ध निर्देशक मीना गुरुङले बताइन् ।
यसैबीच, साधनाको उपचारका लागि लमजुङ उद्योग वाणिज्य संघ द्वितीय उपाध्यक्ष भरतकुमार श्रेष्ठले मासिक ५ हजारका दरले १ वर्षसम्म रकम जम्मा गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
साढे २३ करोडमा सभागृह निर्माण
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
स्थानीयका कर्मचारी पनि आन्दोलित
संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
कानुन कार्यान्वयनका लागि हो
hero news full width
मुख्य समाचार
घान्द्रुक होटलका पायोनियर
अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०जेल डायरी परिचर्चा : विचारले चिनिएका बिपी
असाेज ६, २०८०गण्डकीका मन्त्रीको सम्पत्ति: मुख्यमन्त्रीको मारुती, भौतिकमन्त्रीको एस्काभेटर
असाेज ६, २०८०हेमदेवी धर्म संस्कृतिपुरस्कारबाट कमलनयनाचार्य सम्मानित
असाेज ६, २०८०घान्द्रुक घुम्न चक्रीय पदमार्ग
असाेज ६, २०८०