टान अध्यक्षमा नीलहरि बास्तोला

आदर्श समाज सम्वाददाता
भाद्र २, २०७९
taan

पोखरा । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) अध्यक्षमा नीलहरि बास्तोला विजयी भएका छन् ।

टानको ४४ औं वार्षिक साधारणसभा एवं निर्वाचनबाट उनी ६ सय १६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी रामप्रसाद सापकोटाले २ सय ६४ मत प्राप्त गरे । अध्यक्षका प्रतिस्पर्धी बास्तोलाको प्यानल नै निर्वाचित भएका हो ।

वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु), सचिवमा होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना, सहकोषाध्यक्षमा छिङ दोर्शी शेर्पा विजयी भए ।

महिला सदस्यमा सजना त्रिपाठी, खुला सदस्यमा सदस्यमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा र कृष्णबहादुर परियार निर्वाचित भएको टान निर्वाचन समितिले जनाएको छ ।

टानका नवनिर्वाचित अध्यक्ष बास्तोलाले टानलाई व्यवसायीको साझा संस्थाको रुपमा स्थापित गर्न सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले निर्वाचनका दौरानमा प्रस्तुत गरिएको २० बुँदे घोषणापत्र कार्यान्वयनका लागि प्राथकिताका साथ लाग्ने विश्वास व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width