चिनीसहित पिकअप बरामद

आदर्श समाज सम्वाददाता
भाद्र २, २०७९
Nawalpur

नवलपुर । पश्चिम नवलपरासीमा प्रहरीले १५ क्विन्टल अवैध चिनीसहित लु१ज ४४०९ नम्बरको पिकअप गाडी बरामद गरेको छ । रामग्राम १८ दशकठ्ठा भन्ने स्थानमा बेवारिसे अवस्थामा रहेको उक्त चिनी र गाडी बरामद गरिएको हो ।

चिनीको मूल्य ९० हजार रुपैयाँ बराबरको र गाडीको अन्दाजी मूल्य १२ लाख बराबर पर्छ । बरामद चिनी र गाडी आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।

त्यसैगरी भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी १ लाख ५३ हजार ४ सय ३० रुपैयाँ बराबरको लत्ताकपडा समेत प्रहरीले बरामद गरेको छ । पाण्डेयका अनुसार कुर्ता सुरुवाल, साडी लगायत अवैध कपडा तथा विभिन्न खाद्यान्न गरी १ लाख ५३ हजार बराबरको सामग्री बरामद गरिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width