फुटपाथका सामग्री हटाउन माइकि

आदर्श समाज सम्वाददाता
भाद्र २, २०७९

हेमजा । पोखरा महानगरपालिका २५ वडा कार्यालयको आयोजना तथा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजा तथा लियो क्लब अफ हेमजाको संयोजनमा मंगलबार सचेतना कार्यक्रम गरिएको छ ।

कार्यक्रममा जनप्रतिनिधिको साथमा सामुदायिक प्रहरीका पदाधिकारी, लियो क्लब अफ हेमजाका पदाधिकारी, अस्थायी प्रहरी बिट हेमजा र ट्राफिक प्रहरीको सहभगिता थियो ।

त्यस अवसरमा फुटपाथमा भएका सामग्री हटाउन आग्रह गरिनुको साथै माइकिङ समेत गरियो । स्थानीय प्रगतिचोकदेखि सुरु माइकिङ मिलनचोक हुँदै साझाचोकसम्म पुगेको हो ।

फुटपाथ सामग्रीले पैदलयात्रीलाई हिंड्न असहज भएका कारण मूल सडकमा हिंड्न बाध्य हुँदा दुर्घटना बढेकाले सामग्री हटाउन अनुरोध गरिएको वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले बताए ।

वडा सदस्य कृष्ण कुँवरले पछिल्लो समय पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गतको हेमजा खण्डमा दिनप्रतिदिन दुर्घटना बढ्दै गएकोले कार्यक्रम गर्नुपरेको स्पष्ट पारे । कार्यक्रममार्फत सामग्री हटाउन आग्रह गरिएकोमा त्यस आग्रह बेवास्ता गरेमा कारबाही गरिने अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width