पोखरा । प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएपछि उत्पन्न तरंग कसरी साम्य होला भन्ने संशयबीच सो विधेयकको पुनः प्रक्रिया थालिएको छ । नागरिकता विधेयकलाई प्रतिनिधिसभाको बिहीबारको बैठकबाट नै पारित गर्ने जनाइएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २९ मा नागरिकता विधेयक पुनर्विचार गर्न भनेर प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् ।
११ बजे बस्ने बैठकको सम्भावित कार्यक्रमको सूचीमा नागरिकता विधेयकलाई पुनर्विचार गरियोस् र पारित गरियोस् भनेर गृहमन्त्रीले प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । ‘सम्माननीय राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनर्विचार गरियोस्’ भनी गृहमन्त्रीले पहिलो प्रस्ताव राख्नेछन् । उनको प्रस्तावमा सांसदहरूले धारणा राखिसकेपछि गृहमन्त्रीले नै उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नेछन् ।
राष्ट्रपतिको सो कदमबाट सत्तारुढ गठबन्धनले विरोध गरेकोमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने स्वागत गरेको छ । गठबन्धनले संघीय संसद्का दुवै सदनबाट नागरिकता विधेयक जस्ताको तस्तै पारित गरेर राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको हो । त्यस आधारमा सत्ता गठबन्धनको बहुमत हुने भएकाले गृहमन्त्रीले राखेको प्रस्ताव पारित हुँदा बिहीबारको बैठकबाटै नगारिकता विधेयक पारित हुनेछ ।
प्रतिनिधिसभाबाट विधेयक पारित भएपछि राष्ट्रिय सभामा पठाइनेछ । राष्ट्रिय सभाले पारित गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिकहाँ पठाइनेछ ।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्रीको चीन भ्रमण : पोखरामा सोझै उडान, कोरला नाका खोल्ने
एमालेले टुंग्यायो प्रदेशमा भोट हाल्ने प्रतिनिधि, पृथ्वीसुब्बा र खगराजमध्ये कसको प्यानल बलियो ?
सोह्र श्राद्धमा टोल टोलमा गौमुत्र
प्रश्नहरुको घेरामा मुख्यमन्त्री, सांसदको चासो ७२ करोडमा
गण्डकीमा बिमाको पहुँच निकै कम
hero news full width
मुख्य समाचार
पोखराका अग्रज पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन
मुख्यमन्त्री–अमेरिकी उपविदेश मन्त्री भेट
असाेज ११, २०८०डाक्टरले छाडे अस्पताल, चर्काए आन्दोलन
असाेज ११, २०८०मापदण्डपिरीतका संरचना ६ महिनाभित्र हटाऊ
असाेज ११, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०