गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित

आदर्श समाज सम्वाददाता
भाद्र १, २०७९
civil society bhadra 1 (3)

पोखरा, १ भदौ । गण्डकी प्रदेश सरकारले गरेकाे अंशबण्डा शुल्क, कर वृद्धि र चौतर्फी अनियमितताविरुद्ध नागरिक समाज कास्की आन्दोलनमा उत्रिएको छ । नागरिक समाज कास्कीले जिल्ला प्रशासन कार्यालय कास्की अगाडि सहिदचोकमा बुधबार यसको विरुद्धमा एक घण्टा धर्ना दिएको हो ।

उनीहरुले जनता अब जाग्दैछन्, तिम्रो राजीनामा माग्दैछन्, महँगो डिपिआर केका लागि ? मिलीजुली कसिमन खानका लागि, अधिकांश जनता के भन्छन्, महँगो प्रदेश भन्दैछन्, सडक बिनाको करोडौंको पुल के भन्छ ? प्रदेश सांसद नालायक हुन् भन्दैछ, अंशबण्डाका नाममा थोपरिएको अत्यधिक शुल्क खारेज गर, अध्ययन अनुसन्धान खर्च केका लागि, कार्यकर्ता र आफन्त पोस्नका लागि लगायत नाराअंकित प्डेकार्ड सहित धर्ना दिएका हुन् ।

संस्थाका पूर्व अध्यक्ष रामबहादुर पौडेलले नागरिक समाजले सरकारका जनताविरोधी गतिविधिको बेलाबेलामा यसैगरी खबरदारी गर्दै आएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width