सामुदायिक सेवाको भूमिका प्रशंसनीय : मन्त्री थापा

आदर्श समाज सम्वाददाता
भाद्र १, २०७९
Bindukumar thapa

पोखरा । गण्डकीका कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले समाजमा भएका विकृति, विसंगति न्युनीकरणमा सामुदायिक सेवा केन्द्रले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको २२ औं साधारण सभामा बोल्दै मन्त्री थापाले सो कुरा बताएका हुन् ।

मन्त्री थापाले सामुदायिक सेवा केन्द्र स्थानीय, जनसमुदायको सहयोगमा नेपाल प्रहरीसँग सहकार्य गरी विभिन्न प्रकारका सामाजिक, सांस्कृतिक तथा धार्मिक क्रियाकलापमा संलग्न भएको देख्दा खुसी लागेको बताए । उनले सभ्य समाज निर्माणमा यस्ता सेवा केन्द्रहरु सहायकसिद्ध हुने विश्वास व्यक्त गरे । संस्थाका लागि संस्था खोलेरमात्र नभई काम गरेर देखाउनुपर्ने आवश्यकतालाई उनले औंल्याए सामाजिक कुरीति न्युनीकरण गर्ने सवालमा सामुदायिक सेवा केन्द्र अग्रस्थानमा रहेको अभिव्यक्ति उनको थियो ।

सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष धर्मदत्त आचार्यले विकृति विसंगतिरहित समाजको निर्माण नै आफूहरुको उद्देश्य रहेको बताए । उनले संस्थालाई यहाँसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा पत्रकार श्याम कुँवरलाई सामुदायिक सेवा वर्ष–२०७९ मार्फत सम्मान गरिएको छ । उनलाई ११ हजार १ सय ११ रुपैयाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको हो ।

कार्यक्रममा सचिव उत्तम जोशीले सामुदायिक सेवा केन्द्र पृथ्वीचोकले गरेका कामकारबाहीका विषयमा जानकारी गराए ।

कोषाध्यक्ष तीर्थ शर्मा ढकालले वार्षिक आयव्यय प्रस्तुत गर्दै सेवा केन्द्रले आव २०७८ र २०७९ मा १३ लाख ४४ हजार आम्दानी गरेको र १० लाख ९६ हजार रुपैयाँ खर्च भएको जानकारी गराए । उपाध्यक्ष कमलबहादुर श्रेष्ठले स्वागत गरेको कार्यक्रममा लेखनाथ सामुदायिक सेवा केन्द्रका अध्यक्ष त्रिलोचन लामिछाने, जाल्पादेवी महिला उद्धार समिति अध्यक्ष राधिका थापा लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width