नेफ्स्कुन स्थापना दिवसमा अन्तक्रिया

आदर्श समाज सम्वाददाता
भाद्र १, २०७९
Nefscun News 31

साउन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) को ३१ औं स्थापना दिवसको सन्दर्भमा पोखरा क्षेत्रका सहकारी संस्थासँग अन्तरक्र्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सहभागीले सहकारीमा देखिएका समस्याका कारण, त्यसलाई निराकरणका उपाय र सहकारीको गुणस्तरीय सेवा दिने विषयमा नेफ्स्कुन र सहकारी अभियन्ताबीच एकमत भएर अगाडि बढ्नु पर्ने समय आएको बताए ।

जिल्ला सहकारी संघ लि. कास्की अध्यक्ष सावित्रा कोइरालाले नेफ्स्कुनले गर्ने सहजीकरण र मार्गनिर्देशन सराहनीय भएको बताइन् । तरलता समस्याले राष्ट्रलाई नै गाजीरहेको अवस्था रहेको बताउँदै उनले यदाकदा सहकारीमा देखिएका समस्या सहकारीको नाममा संस्था सञ्चालन गरी सिद्धान्तभन्दा बाहिर जाँदा समस्या आएको बताइन् । उनले नियामक निकायले अनुगमनलाई प्रभावकारी ढंगले अगाडि बढाउन नसक्ने तर संस्था दर्ता गरिरहने परिपाटीले सहकारीलाई झन् भद्रगोल बनाउन हो कि भन्ने शंकासमेत व्यक्त गरिन् ।

कास्की बचत संघका अध्यक्ष भेषराज बरालले मनपरी गर्ने सहकारी संस्थाले गुणस्तरीय सहकारीको पनि छवि धुमलिएको र धेरै बोनसको नाममा सदस्यलाई लोभ्याउने सहकारी नै ढिलोचाढो समस्यामा परेको बताए ।

को–अपरेटिभ म्यानेजर्स क्लब कास्कीका अध्यक्ष अपिल कोइरालाले सरकारले सहकारीलाई थोपरेको कर फिर्ता तथा ऐन संशोधन र सहकारीका सबलीकरणका विषयमा नेफ्स्कुनले मुख्य भूमिका तथा अभिभावकत्व खेल्नु पर्ने बताए ।

उनले सहकारीको स्थिरिकरण कोषको परिचालन र महत्वका विषयमा प्रारम्भिक सहकारी संस्थालाई बुझाउन आवश्यक रहेको समेत बताए ।

कार्यक्रममा नेफ्स्कुनका अनुगमन अधिकृत सूर्यप्रसाद तिमिल्सिनाले सहजीकरण गरेका थिए भने पोखरा रोयल सहकारी संस्थाकी अध्यक्ष रुद्रकुमारी गुरुङ, संगम सहकारीका अध्यक्ष निरज थापा, आस्था सहकारीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए। संस्थाका निवर्तमान सञ्चालक सदस्य भीम गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य नेफ्स्कुन उपसमिति सदस्य जगन्नाथ अधिकारीले गरेका थिए ।

नेफ्स्कुन पोखरा फिल्डअन्तर्गत गण्डकी प्रदेशका ७ जिल्लाका ३ सय ६४ सहकारी सदस्य रहेका छन् भने ८४ करोड लगानी गरेको उक्त संस्थाको २ अर्ब बचत संकलन छ ।

Related News

सम्बन्धित समाचार

  • जुग्नु पाउरोटी उद्योगमा छापा

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    नवलपुर । जुग्नु पाउरोटी उद्योग, प्रगतिनगरमा जिल्ला अनुुगमन समितिले छापा मारेको छ । घरेलुु तथा साना उद्योग कार्यालय र जिल्ला…
  • ‘युवा विद्यार्थीहरुसँग सन नेपाल लाइफ’

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोे ५ औं वार्षिकोत्सव कार्यक्रम अन्तर्गत पोखरामा विविध कार्यक्रम भएको छ । बिमा…
  • चितवन उद्योग संघको ३१ औं सभा

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    भरतपुर । चितवन उद्योग संघको ३१ औं वार्षिक साधारण सभा तथा चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारीको ११ वार्षिक…
  • गैंडाकोट आदर्शको रक्तदान

    आदर्श समाज सम्वाददाता असाेज ८, २०७९
    गैंडाकोट । नेपाल रेडक्रस सोसाइटी गैंडाकोट आदर्श उपशाखाले शुक्रबार आयोजना गरेको रक्तदानमा ५२ युनिट रगत संकलन भएको छ । नवलपुर…
  • बिमा रकम भुक्तानी

    आदर्श समाज सम्वाददाता असाेज ७, २०७९
    लेखनाथ । पोखरा २७ का स्व.बलराम लामिछानेका परिवारलाई बिहीबार एलआइसी नेपालले मृत्यु दाबीवापतको चेक हस्तान्तरण गरेको छ । लामिछानेकी पत्नी…

hero news full width