प्लाष्टिकमुक्त नगर अभियानमा सहयात्री सहकारी

आदर्श समाज सम्वाददाता
श्रावण ३१, २०७९
Sahakari jhola

स्याङ्जा । सहयात्री को–अपरेटिभ लिमिटेड, स्याङ्जाको ११ औं वार्षिकोत्सव अवसरमा सपिङ ब्याग वितरण गरिएको छ ।

‘सफा पुतलीबजार राख्न, हाम्रो सानो प्रयत्न’ भन्ने नाराअंकित सो ब्याग सहकारी अध्यक्ष अज्योद्धा शाक्यले पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीलाई हस्तान्तरण गरी वितरण आरम्भ गरिएको हो ।

कार्यक्रममा नगरप्रमुख रेग्मीले सहयात्रीले स्थापनाकालदेखि गर्दै आएको रचनात्मक कार्यको प्रशंसा गर्दै नगरपालिकाको सोैन्दर्यता बढाउनका लागि गरेको पहललाई धन्यवाद दिए । प्लाष्टिकमुक्त नगर बनाउने अभियानलाई सहयोग गर्न नगरवासी र सहयात्रीसँग सहकार्य गर्दे सफा पुतलीबजार निर्माणका लागि अघि बढ्ने उनले बताए ।

कार्यक्रममा वडा अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, सब इन्जिनियर अरुण पौडेल, वातावरण तथा सरसफाइ शाखा प्रमुख धनप्रसाद कोइराला, सहकारी शाखा प्रमुख विष्णु ढकाल, प्रेम थापा लगायतले स्वच्छ र सफा पुतलीबजार निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नगरपालिकाले नगरभित्रका १२ हजार घरधुरीमा र सहकारीले ५ हजार घरधुरीमा यस्ता झोला वितरण गर्ने लक्ष्य राखेको संस्थाका कोषाध्यक्ष श्रीबहादुर गुरुङले बताए ।

२०६९ सालमा स्थापित सहकारीमा २०२० सेयर सदस्य छन् भने सहकारीले विभिन्न समयमा मानवीय, आर्थिक तथा जिन्सी सहयोग गर्दै आएको छ ।

सहकारीले यसअघि पनि दृष्टिविहीनका लागि सेतो छडी, चम्पागिरि आश्रममा आर्थिक सहयोग, जिल्ला अस्पताल स्याङ्जामा फलफूल र पानीका जार वितरण र दिशानिर्देश बोर्ड सहयोग गरेको थियो ।

सहकारीले २०७२ सालको भूकम्पमा गोरखाको बारपाक लगायत पुतलीबजारका विभिन्न वडामा भूकम्प पीडितका लागि कपडा, खाद्यान्न, जस्तापाता सहयोग, रामनदी वृद्धाश्रममा आर्थिक तथा खाद्यान्न सहयोग, अमोर सेवा नेपाल (बालगृहमा) खाद्यान्न सहयोग, बाल बचतकर्ताका लागि निःशुल्क झोला वितरण, निशुल्क दन्त तथा स्वास्थ्य शिविर, कोभिड १९ पहिलो संक्रमणको बेलामा पुतलीबजार नगरपालिकामार्फत खाद्यन्न वितरण, कोभिड–१९ दोस्रो संक्रमणमा सर्वसाधारणमा निशुल्क मास्क वितरण लगायत सामाजिक उत्तरदायित्वअन्र्तगत काम पनि गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width