बागलुङ–पोखरा मगर समाजमा गजेन्द्र

आदर्श समाज सम्वाददाता
श्रावण ३१, २०७९
Baglung Magar

पोखरा । बागलुङ–पोखरा मगर समाजको आठौं अधिवेशन तथा १६ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा गजेन्द्र थापामगर सर्वसम्मत निर्वाचित भएका छन् । उनी यसअघि पनि अध्यक्ष थिए ।

समाजको उपाध्यक्षमा सुमे चन्द्रबहादुर थापामगर, सचिव रूद्रबहादुर श्रीसमगर, सहसचिव गौरीदेवी थापामगर, कोषाध्यक्ष कृष्णा पुनमगर र सहकोषाध्यक्ष नरमाया पुनमगर चयन भए । सदस्य चन्द्रकली थापामगर, सुमे रामबहादुर थापामगर, सुमे सूर्यबहादुर रानामगर, पदमबहादुर श्रीसमगर (थमन), सुनिता रानामगर, राकेश थापामगर, होमबहादुर थापामगर, गिरबहादुर रानामगर, दलबहादुर थापामगर, हिरा पुनमगर र कृष्णा रानामगर छन् ।

निर्वाचन मण्डल संयोजकमा क्या. मीनबहादुर पुनमगर, सदस्यद्वयमा रामबहादुर पुनमगर र माया थापामगर थिए ।

यसअघि, साधारणसभा उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले मगर जातिलगायत आदिवासी जनजाति समुदायको भाषा, संस्कृतिको संरक्षण र विकासका लागि प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गरेको बताए । पारस्परिक सहयोग आदानप्रदानका लागि समाजको स्थापनाले धेरै सहज बनाउने उल्लेख गर्दै मन्त्री श्रेष्ठले व्यक्तित्व र नेतृत्व विकासमा समेत समाजले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

समाजका अध्यक्ष गजेन्द्र थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय मगर संघ, गण्डकी प्रदेशका सभापति पदमबहादुर पुनमगर, जैमिनी १० का पूर्व वडाध्यक्ष नरबहादुर थापामगर, समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार क्या. मीनबहादुर पुनमगर, भीमबहादुर श्रीसमगर, रामबहादुर पुनमगर, सल्लाहकार किरणप्रसाद थापामगर, कोपिला श्रीसमगर, पूर्व सल्लाहकार ढकबहादुर पुनमगर, धौलागिरि टोल विकास संस्था सचिव पूजा खनाल भट्टराई, समाजका उपाध्यक्ष सु.मे. चन्द्रबहादुर थापामगर, सचिव रूद्रबहादुर श्रीसमगरलगायत बोलेका थिए ।

समाजका संस्थापक अध्यक्ष दलबहादुर थापामगरको अध्यक्षतामा भएको साधारणसभाले सचिव रूद्रबहादुर श्रीसमगरले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्णा पुनमगरले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width