पोखरामा भारतीय स्वतन्त्रता दिवस मनाइयो

आदर्श समाज सम्वाददाता
श्रावण ३१, २०७९
India Freedom

पोखरा । भारतको ७६ औं स्वतन्त्रता दिवस पोखरामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । भारतले सन् १९४७ देखि हरेक वर्ष तत्कालीन ब्रिटिस शासकबाट मुक्ति पाएको दिन अगस्ट १५ लाई स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ ।

दिवस अवसरमा भारतीय दूतावास पेन्सन वितरण कार्यालय (पिपिओ) रामबजार पोखराले सोमबार विशेष कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा झण्डोत्तोलनसहित भारत र नेपाल दुवै देशको राष्ट्रिय गान गाइएको थियो ।

समारोहमा पिपिओ प्रमुख लेफ्टिनेन्ट कर्णेल सशांक त्रिपाठीले उपस्थित सम्पूर्णलाई आगन्तुकलाई स्वागत गरेका थिए । उनले नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवं बहुक्षेत्रीय सहकार्य रहेको बताए । त्रिपाटीले सदिंयौदेखि नेपालीको भारतीय सेनामा सहभागिता रहेकोमा भारतलाई गर्व रहेको बताउँदै विश्वमै बहादुरी र वफादारीरुपमा परिचित वीरगोर्खा भूपू तथा तिनका आश्रित परिवारजनप्रति भारतले सेवानिवृत्त हुँदासमेत आवश्यक सेवासुविधालाई उच्च प्राथमिकता दिएको उल्लेख गरे ।

समारोहमा नेपाल–भारतमैत्री विद्यालयका बालबालिकाले नेपाली र भारतीय विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । यस्तै, उत्कृष्ट कर्मचारी एसटिओ डोलबहादुर थापा, युडिसी भरत भूषण पाण्डे लगायत कर्मचारीलाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखरा फोटोग्राफर संघको तालिम

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा । पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको आयोजनामा स्टुडियो पोट्रेट, स्ट्रोब एन्ड स्पिड लाइटिङ तालिम भएको छ । संघमा आवद्ध…
  • राष्ट्रिय सम्पदाको शुभकामना

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले शनिबार समसायिक विषयमा छलफलसहित शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा दसैं,…
  • परिवार नियोजनको तालिम

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा । नेपाल परिवार नियोजन संघ कास्कीको आयोजनामा बृहत् यौनिकता शिक्षा र लैंगिक तथा यौनिक अल्पसंख्यकसम्बन्धी तालिम सुरु भएको छ…
  • कस्केली अधिकृत समाजको शुभकामना

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा । कस्केली अधिकृत समाज, कास्कीले विजयादशमी, दीपावली तथा छठलगायत अवसरमा शुभकामना आदानप्रदान गरेको छ । सो अवसरमा मिर्गौला तथा…
  • भिजन सहकारीमा नयाँ कार्यसमिति

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा । भिजन बचत तथा ऋण सहकारी संस्था, पोखरा–१०, अमरसिंहचोकको संचालक समिति अध्यक्षमा श्रीमान् गुरुङ चयन भएका छन् । संस्थाको…

hero news full width