साइबर अपराधबारे विद्यार्थीलाई सचेतना

आदर्श समाज सम्वाददाता
श्रावण ३१, २०७९
Cyber aparadh~second

पोखरा । लायन्स क्लब अफ पोखरा अभियानले साइबर अपराधसम्बन्ीध जनचेतना कार्यक्रम गरेको छ । क्लबले नदीपुरस्थित माउन्ट अन्नपूर्ण मावि कक्षा १२ का विद्यार्थीलाई साइबर अपराधको बारेमा सचेतना कार्यक्रम गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले सूचना र प्रविधिको वर्तमान युगमा यसको दुरुपयोगले समाजमा सानादेखि जघन्यखालका अपराध हुनु चिन्ताको विषय भएको बताए । सबै मिलेर यस्ता कार्य निरुत्साहित गर्नुपर्नेमा उनको जोड छ । उनले साइबर अपराध के हो, कसरी अपराधको चक्रब्यूँहमा फसिन्छ, त्यसबाट जोगिन के कस्तो कुरामा सजक हुने भन्ने विषयमा प्रस्तुतिकरण राखेका थिए ।

डिएसपी तिवारीले स्कुल कलेजका विद्यार्थीदेखि विभिन्न क्षेत्रका मानिसलाई इन्टरनेट, फोन लगायतका माध्यमबाट आर्थिक प्रलोभन देखाउने, गोप्य सूचना एवं अश्लील भिडियो, वार्तालाप लगायतका विषयलाई लिएर ब्लाकमेलिङ गर्ने गिरोह सक्रीय हुँदै गएको र त्यसको प्रभावमा स्कुल कलेजदेखि धनाढ्य व्यक्ति, व्यापारी, सर्वसाधारण नागरिक शिकार हुने गरेकाले चनाखो हुन आवश्यक रहेको बताए ।

फेसबुक म्यासेन्जर, इन्स्ट्राग्राम, ह्वाट्सएप, भाइवरलगायत सामाजिक सञ्जालको दुरुपयोग गर्दै साइबर अपराध बढेको उनको भनाइ थियो । अपराधरहित समाजको लागि सबै नागरिकको भूमिका आवश्यक रहेको जनाउँदै लायन्स क्लबजस्तो सामाजिक संस्थाले यसलाई अभियानको रुपमा अगाडि बढाएर लान सके साइबर अपराध न्युनीकरणमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ आई नेपालका भाइस डिष्ट्रिक गभर्नर विनोद ढुंगानाले समाजमा बढ्दो साइबर अपराध न्युनीकरण गर्न जनचेतनाको आवश्यकता रहेको बताए । उनले कतिपय अवस्थामा पढेलेखेका र शिक्षित मानिस समेत विभिन्न प्रलोभनमा पर्ने र ठगिने गरेको स्मरण गराउँदै यस्तै जनचेतनाका कार्यक्रमबाट सचेत गराउन आवश्यक रहेको बताए ।

क्लब अध्यक्ष कृष्ण लम्सालले सबैको पहुँचमा पुग्दै गएको हातहातको स्मार्ट फोनको सदुपयोग भन्दा दुरुपयोग गर्ने र मानिसलाई विभिन्न प्रलोभनमा पार्ने गरेका घटना दिनप्रतिदिन आइरहेकाले त्यसमा कलेजका विद्यार्थीसमेत ठगिने र ब्लाकमेलिङको शिकार हुन थालेकाले सचेतता आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्मा, विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठ, एकेडेमी डाइरेक्टर अशोककुमार शाही, क्लब सहसचिव नवराज शर्मा पौडेल लगायतले बढ्दो साइबर अपराध न्युनीकरणमा शिक्षक, अभिभावक र स्वयम विद्यार्थी एवम् सञ्चार जगतको भूमिका के हुने भन्ने विषयमा धारणा राखेका थिए । सहभागीले साइबर अपराधबाट कसरी जोगिने भन्ने विषयमा डिएसपी तिवारीसँग जिज्ञासा राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width