पोखरामा राष्ट्रिय स्नुकर प्रतियोगिता

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७९
Snookar Photo

पोखरा । पोखरामा प्रथम राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता–२०७९ हुने भएको छ । देविज स्नुकर क्लब आयोजनामा भदौ १२ देखि १९ सम्म डेभिज् स्नुकर क्लबमा सो प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा कास्कीबाट करिब १ सय २८ जना सहभागी हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक शंकर गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा कास्की ४८ जनासहित काठमाडौं, भक्तपुर, ललितपुर, बुटवल, बागलुङ लगायतबाट करिब ८० खेलाडी सहभागी हुनेछन् । प्रतियोगिता नकआउट आधारमा खेलाइने छ ।

विजेतालाई १ लाख ५१ हजार, उपविजेतालाई ७१ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने भएको संयोजक गुरुङले जनाए । सेमिफाइनलिष्ट (२ जना) लाई जनही १५ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने छ । हाईयस्ट ब्रेकरले २१ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

जिल्ला तथा राष्ट्रियस्तरबाटै विलियार्ड, स्नुकर खेलको विकासका साथै शारीरिकरुपमा तन्दुरुस्त, मानसिकरुपमा सचेत र सामूहिक भावनाले अभिवृद्घि गराउने उद्देश्यले उक्त प्रतियोगिता पोखरामा गर्न लागिएको कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघका अध्यक्ष सागर कुमार शाहीले बताए । पोखरा आधुनिक विलियार्ड, स्नुकर खेलस्थल व्यवस्थित, मर्मत सम्हार, निर्माण साथै खेल क्षेत्रको विकासलाई अगाडि बढाउन उक्त प्रतियोगिताले थप टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा विकसित गराउन, नयाँ प्रतिभाशाली खेलाडीहरु उत्पादन गरी अझ यस जिल्ला र राष्ट्रमा विलियार्ड, स्नुकर खेलको रौनक बढाउन उक्त प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ ।

पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले आफ्नो वडामा हुने राष्ट्रियस्तरको कुनै पनि प्रतियोगितालाई भरपूर्ण रुपमा सहयोग गर्ने बताए । बुद्धमार्ग टोल सुधार समितिका अध्यक्ष एवं पृथ्वी राजमार्ग बस संचालक कम्पनीका पूर्व अध्यक्ष ऐनकुमार शाहीले आफ्नो टोलमा हुने उक्त प्रतियोगिताले टोलकै इज्जत र प्रतिष्ठानसँग जोडिएकोले प्रतियोगितालाई सफल पार्न आर्थिक भौतिक हरेक हिसाबले सहयोग गर्ने बताए । पोखरामा करिब ७० पुल क्लब भए पनि कास्की संघमा भने करिब १८ मात्र क्लब आवद्ध छन् ।

प्रतियोगितामा १८ लाख २८ हजार खर्च हुने तथा २१ लाख ५० हजार आम्दानी हुने लक्ष्य राखिएको अर्थ संकलन संयोजक प्रदीप रसाइलीले बताए । पोखरा क्षेत्रमा करिब १ सय ५० भन्दा बढी स्नुकर खेल्ने खेलाडी भए पनि ¥याङकिङमा पर्ने ३२ जना खेलाडीहरु रहेको संघका महासचिव सविन जिसीले बताए ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width