विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७९
Bindhyabasini (4)

पोखरा । हीरक जयन्ती समापन पूर्व सन्ध्यामा विन्ध्यवासिनी माध्यमिक विद्यालय, बाटुलैचारले पूर्व विद्यार्थीको सम्मान गरेको छ ।

आइतबार अयोजित पुनर्मिलन समारोहमा विद्यालयले स्थापनाकालीन विद्यार्थी इन्द्रबहादुर बाँनिया, हेमबहादुर बाँनिया, जीवबहादुर बाँनिया, चतुरमान श्रेष्ठ, लोकबहादुर थापा, क्या. उदयबहादुर भण्डारी, उक्तप्रसाद पौडेल, कृष्णप्रसाद तिमिल्सिना, इ.कोमलप्रसाद तिमिल्सिना, दशरथ गौतम, ज्ञानबहादुर केसी र टेकनाथ काफ्लेलाई सम्मान गरेको हो ।

यस्तै, विद्यालयबाट पहिलो प्रवेशिका परीक्षा–२०२१ मा सम्मिलित नरहरि भट्टराई, बलराज पौडेल, कृष्णमानसिंह भण्डारी, मूलराज तिमिल्सिना, तोयानाथ पौडेल, शालिग्राम अधिकारी, पूर्व विद्यार्थी संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतम, महालेखा परीक्षकको कार्यालयका सचिव एवं नायव महालेखापरीक्षक महेश्वर काफ्ले, विन्ध्यवासिनी माविका संस्थापक प्राचार्य नरहरि भट्टराईसहित विद्यालयलाई देशकै नमुना सामुदायिक विद्यालय बनाउन खटिने ६६ जना शिक्षक–कर्मचारीलाई सामूहिक सम्मान गरिएको हो ।

विद्यालयको हिरक जयन्ती समापन एवं विद्यालयको नवनिर्मित भवन उद्घाटन साउन ३१ मा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुँदैछ

समारोहमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यायातात व्यवस्था मन्त्री कुमार खड्का, प्रदेश १ का पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रा थापा र विद्यालय प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले सम्मानपत्रसहित सल ओडाएर सम्मान गरेका थिए ।

कार्यक्रममा विद्यालयमा दश जोड दुई स्थापनाकालीन शिक्षक निर्मल सापकोटा, भोजबहादुर थापा, राजेन्द्रबहादुर देवकोटा, महेन्द्र रिमाल, श्रीधर न्यौपाने र धनेश्वर रखाल सम्मानित भए । त्यस्तै विद्यालय व्यवस्थापन समितिबाट दिइने अध्यक्ष पदक विद्यालयका सहायक प्रअ रामबहादुर बाँनियाले प्राप्त गरे । त्यस्तै २५ वर्ष स्थायी सेवा सम्मानबाट प्रअ कृष्णप्रसाद आचार्य र पार्वती बाँनिया, दीर्घसेवा सम्मानबाट लेखापाल भीमबहादुर गायक र टोपली गायक, १५ वर्षे सेवा सम्मानबाट ईश्वर खड्का, महेन्द्रप्रसाद पौडेल, १० वर्षे सेवा सम्मानबाट सपना रेग्मी र सविता अधिकारी तथा उत्कृष्ट कर्मचारीरुपमा चमेरे गुफामा कार्यरत सरिता थापा कार्की सम्मानित भए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रा थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ का पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, विद्यालयका सल्लाहकार दानबहादुर बाँनिया, भूपू विन्ध्यवासिनी विद्यार्थी मञ्चका अध्यक्ष हरि बरुवाल, प्रअ आचार्य, विद्यार्थी एलिश अधिकारी लगायतले बोलेका थिए । विद्यार्थीले नेपाली कला र संस्कृति झल्कने नृत्य र नाटक प्रस्तुत गरेका थिए । कार्यक्रम संचालन शिक्षक इन्दु भट्टराईले गरेकी थिइन् । विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा हीरक जयन्तीको समापन साउन ३१ मा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुँदैछ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width

Recent Posts

भर्खरै