लेखनाथमा सेयरसम्बन्धी तालिम

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७९
Lekhnath JCI

लेखनाथ । लेखनाथ जेसीजले युवालक्षित गरी सेयरसम्बन्धी तालिम प्रदान गरेको छ । तालिममा सेयरसम्बन्धी ख्यातिप्राप्त सुवासचन्द्र भट्टराईले प्रशिक्षण दिएका थिए ।

स–साना लगानीलाई कसरी सुरक्षित गरी आयआर्जन गर्न सकिन्छ भन्ने उद्देश्यले आयोजना गरिएको तालिममा ९० जनाको सहभागिता थियो ।

लेखनाथ जेसीज अध्यक्ष सुजन न्यौपानेको अध्यक्षतामा भएको तालिममा प्रशिक्षक भटृराईले सेयर बजारमा कम्पनीको पुँजीगत संरचना हेरेर लगानी गर्न सकिने बताएका थिए ।

उनले देशब्यापी रुपमा सेयरसम्बन्धी प्रस्तुति दिंदै आएका छन् । कार्यक्रममा साधारण सेयरको खरिद, नेप्सेका बारेमा विश्लेषण र दोस्रो बजारबाट कसरी सेयर खरिद बिक्री गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले युवाहरु पुँजीबजारमा सक्रिय हुनु धेरै राम्रो विषय रहेको उल्लेख गरेका थिए ।

कार्यक्रम संयोजक चन्द्रप्रकाश ढुंगानाले स्वागत र लेखनाथ जेसिजका महासचिव कृष्ण तिवारीले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै