उदय र आशलाई कञ्चन पत्रकारिता पुरस्कार’

पत्रकारिता शक्तिशाली क्षेत्र हो : प्रदेश प्रमुख

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७९
Kanchan Patrakarita News

पोखरा । कञ्चन पत्रकारिता पुरस्कार–२०७९ बाट पत्रकार उदयबहादुर अमात्य (कास्की) र आश गुरुङ (लमजुङ) सम्मानित भएका छन् ।

आफ्ना बाबुआमा वेदमान र नेत्रकुमारी गुभाजूको स्मृतिमा युवा व्यवसायी विमलमान गुभाजू तथा परिवारद्वारा स्थापित एवं नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले सञ्चालन गर्दै आएको सो पुरस्कार फोनिजको २३ औं स्थापना दिवस अवसरमा शुक्रबार अर्पण गरिएको हो ।

समारोहमा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पत्रकारद्वय अमात्य र गुरुङलाई जनही नगद २५ हजारसहित दोसल्ला र सम्मानपत्र प्रदान गरे । सो अवसरमा प्रदेश प्रमुख गुरुङले पत्रकारिता शक्तिशाली क्षेत्र हो भने । ‘पत्रकार राज्यको चौथो अंग हो, मुख्य अंग हो, उनले भने, ‘राज्यमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका हुन्छ । ओदानको ३ खुट्टा भएझै यी ३ अंग शक्ति सन्तुलनको दृष्टिकोणले महत्वपूर्ण हुन्छ । यसपछिको अर्काे महत्वपूर्ण अंगको रुपमा पत्रकारितालाई लिइन्छ ।’

उनले नेपाल एकीकरणदेखि अहिलेसम्म राष्ट्र निर्माणमा आदिवासी जनजाति समुदाय र पत्रकारको भूमिका सम्मानयोग्य रहेको उल्लेख गरे । ‘नेपालको एकीकरणको अन्दोलनमा होस् । चाहे जहानियाँ राणाशासनविरुद्धको आन्दोलनमा होस् या पछिल्लो समयको आन्दोलनमा होस् । आदिवासी जनजाति नागरिकको स्वतन्त्रता र अधिकारको पक्षमा लागेको इतिहास छ,’ उनले भने, ‘आदिवासी जनजाति मात्रै होइन त्यही समुदायको पत्रकारको पनि योगदान अतुलनीय छ । भलै शैक्षिक अवस्थाको कारण र एकल राज्यसत्तात्मक चिन्तनका कारण त्यो गौरवपूर्ण इतिहास बाहिर आउन सकेको छैन ।’ नेपाल एकीकरणको पक्षमा जनजातिको भूमिका अतुलनीय रहेको बताउँदै पाउनुपर्ने अधिकारबाट वञ्चित भएको बताए ।

पुरस्कृत व्यक्तित्व अमात्यले पछिल्लो समय भाषागत पत्रकारिता लोप हुँदै गएकोले फोनिजले संरक्षणको लागि पहल गर्नुपर्नेमा जोड दिए । अमात्य गण्डकीको एकमात्र नेपाल भाषा मासिक पोखरायाः भिन्तुनाका प्रकाशक तथा प्रधानसम्पादक हुन् । अर्का सम्मानित पत्रकार गुरुङ कान्तिपुरका लागि लमजुङ संवाददाता हुन् ।

अधिवक्ता सुरेन्द्र थापामगर संयोजक रहेको प्रतिभा छनोट समितिले पत्रकारद्वयलाई पुरस्कार अर्पण गर्न सिफारिस गरेको थियो । यसअघि बागलुङका राजेन्द्रमान राजभण्डारी, कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ र नवलपुरका केबी राना पुरस्कृत भइसकेका छन् ।

यसैबीच, फोनिजले स्थापना दिवस अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ ।

पोखरा १ का वडाध्यक्ष सहारा प्रधान, पोखरा २५ का वडाध्यक्ष मोतिराज तिमिल्सिनालाई प्रदेश प्रमुख गुरुङले खादा तथा मालासहित सम्मान गरे ।

साथै वरिष्ठ अधिवक्ता सुरेन्द बहादुर थापामगर, फोनिजका केन्द्रीय सल्लाहकार हुमबहादुर गुरुङ, नेपाल मगर पत्रकार महासंघ कास्की अध्यक्ष विना थापा मगर, उपाध्यक्ष, सुरज थापामगर, सचिव प्रवीण मगर, सहसचिव बलबहादुर रोकामगर, कोषाध्यक्ष आशामाया थापामगर, सदस्य श्याम रानामगर, विकास रोका मगर, जुना थापामगर, सिजन थापामगर, सुजन थापामगरलाई सम्मान गरिएको फोनिज गण्डकी महासचिव धनबहादुर गुरुङ (सुमन) ले जानकारी दिए ।
साथै मिस मगर नेपाल २०२२ मिलन थापामगर, सेकेन्ड रनरअप टुगा राना मगर, थर्ड रनरअप मीना गर्बुजा मगर, भ्युअर च्वाइस रोश्ना बुढाथोकी मगर लगायतलाई सम्मान गरिएको थियो ।

संस्थाका महासचिव गुरुङले गुभाजु परिवारद्वारा स्थापित ७ लाखको कोषमा यस वर्ष १ लाख रुपैयाँ थप गरी ८ लाख पुर्‍याइएको बताए ।

समारोहमा फोनिज केन्द्रीय सल्लाहकार हुमबहादुर गुरुङ, नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष बुद्ध घर्ती भुजेल, पत्रकार महासंघ कास्कीका कावा अध्यक्ष रामप्रसाद तिमिल्सिना, प्रेस चौतारी गण्डकी संयोजक इन्द्र पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । फोनिज गण्डकीका अध्यक्ष रुद्र बहादुर श्रीसको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष खिमा गुरुङले स्वागत र महासचिव धनबहादुर गुरुङ (सुमन) ले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width