‘स्वस्थ नागरिकका लागि खेलमैदान’

धनबहादुर गुरुङ
श्रावण २८, २०७९
Sport Photo 1

पोखरा । ‘खेलकुद मन्त्रालयको कामले स्वास्थ्य मन्त्रालयलाई घाटा हुन सक्छ किनभने मैले सुगरका बिरामी नहोलाजस्तो देखेको छु ।’

यो अभिव्यक्ति हो–गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङको । यतिमात्र हैन मन्त्री गुरुङ अझ महत्वकांक्षी बन्दै भन्छन्, ‘गाउँगाउँमा २ सय ५ ग्राउन्ड मात्र गतसाल बनाएका छौं । यो वर्ष १ सय ५२ वटा कम्प्लिट हुँदैछ ।’

गण्डकी प्रदेश सभामा सांसद बनेर हाजिर भएको झण्डै साढे ३ वर्षपछि मन्त्री राजीव गुरुङ ठिक १ महिनाअघि २०७९ असार २९ मा प्रदेशसभाको रोष्ट्रममा उभिएका थिए । त्यो पनि मन्त्रालयगत छलफलक्रममा कुरा उठेपछि जवाफ दिने सन्दर्भमा । त्यो समयमा उनले आफूले सकेको काम गरिरहेको बताएका थिए । २०७५ माघ १४ गते सपथ ग्रहण गर्दै उनी सांसद बनेका थिए ।

३ पटकसम्म मन्त्री बन्ने शौभाग्य पाएका उनले प्रदेशसभामा बोल्दै गत वर्षमात्र २ सय ५ वटा विभिन्न खेलको मैदान बनाएको जानकारी गराए । यो वर्ष १ सय ५२ वटा सम्पन्न हुँदै गरेको पनि रोष्टमबाटै जनाए । प्रदेशका विभिन्न ११ जिल्लामा बनिरहेका मैदान र कोर्ट आफ्नो कार्यकालको उपलब्धि ठान्छन्-मन्त्री गुरुङ । सोही समयमा उनले आफ्नो कामले स्वास्थ्य मन्त्रालयलाई घाटा हुने व्यङ्ग्य पनि कसे । करिब १६ मिनेटको सम्बोधनमा उनले गुरुङले पटकपटक आफूलाई बजेट हालिदिन भनेर ‘इरिटेट’ गरिएकोसमेत सुनाए । आफ्नै शैलीमा जवाफ दिने र स्पष्ट बोल्ने गरेका मन्त्री मनाङेले आफूले बनाएको बजेट सबै कार्यान्वयन हुने र त्यसको कार्यविधिसमेत निर्माण भइरहेको जानकारी दिएका थिए ।

गत आव २०७८÷०७९ मा ५ करोड फ्रिज हुने भएपछि सांसदहरूले प्रश्न उठाएको हुँदा त्यो रकम सामाजिक विकास मन्त्रालयको रहेका र गलत तरिकाले आफ्नो मन्त्रालयमा ल्याइएको बताए । ‘५ करोड युवा तथा खेलकुदको बजेट होइन । यसलाई गलत तरिकाले ल्याइएको रहेछ । यसरी बुझ्नुपर्छ । २ करोड ५० लाख चाहिं म आफैंले बनाएको बजेट हो । त्यसलाई मैले कसरी लागु गर्ने मलाई थाहा छ,’ उनले अघि भनेका थिए, ‘यसमा ३३ प्रतिशत खेलाडीलाई ३३ प्रतिशत अपाङ्गलाई र ३३ प्रतिशत हामीले युवाहरूलाई सहभागी गराउने भनेर निर्णय गरेका छौं । त्यसको कार्यविधि बनाइरहेका छौैं ।’

यसरी पछिल्लो समय मन्त्री गुरुङ मन्त्रालयको सहयोगमा बनेको मैदान र संरचना उद्घाटनमा लागिपरेका छन् । हालै उनले गृहजिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका ९ खांसारमा बनेको तिलिचो युवा क्लब आर्चरी मैदानको उद्घाटन गरे । साथै गाउँपालिकाक वडा ५ मा निर्मित मुङ्जी बास्केटबल कोर्टसमेत उद्घाटन गर्न भ्याए ।

वडा ५ भ्राका युथ क्लबले निर्माण गरेको मुङ्जी बास्केटबल कोर्टको लागत २८ लाख छ । प्रदेश सरकारकै सहयोगमा पालिकाको वडा ६ मा पनि अर्को बास्केटबल कोर्ट बनेको स्थानीय विनोद गुरुङले बताए । मनाङबाटै प्रतिनिधित्व गर्ने खेलकुद मन्त्री प्रदेशमा हुँदा खेलकुदका संरचना बनेकोमा उनले खुसी व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width