लायन्स पोखरा अभियानद्वारा पुस्तक हस्तान्तरण

आदर्श समाज सम्वाददाता
श्रावण २७, २०७९
lions book

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा निर्मित पुस्तकालयलाई लायन्स क्लब अफ पोखरा अभियानले विभिन्न पुस्तक हस्तान्तरण गरेको छ ।

क्लब अध्यक्ष कृष्ण लम्सालले उक्त पुस्तकहरु प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीलाई हस्तान्तरण गरेका हुन् । लम्सालले प्रहरी परिसरमा पुस्तकालय निर्माण हुनु अति सह्रानीय कार्य भएको जनाउँदै प्रसिद्ध लेखकका उपयोगी, प्रेरणादायी, ज्ञानवद्र्धक पुस्तक भएकाले पुस्तक अध्ययनमा रुचि हुने विशवास व्यक्त गरे ।

कार्यक्रममा डिष्ट्रिक ३२५ आइ नेपालका द्वितीय भाइस डिष्ट्रिक गभर्नर विनोद ढुंगानाले सही ज्ञानले मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सम्भव हुने जनाउँदै पुस्तकालयमा रहेका पुस्तकबाट प्रहरी, सेवाग्राही, थुनुवाहरु सबै लाभान्वित हुने बताए । उनले लायन्स क्लबले समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान गरेको स्मरण गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यहरु गर्दैै आएको बताए । आगामी दिनमा पुस्तकालयलाई प्रविधियुक्त बनाउन र इलाइब्रेरीका लागि आवश्यक सहयोगका लागि हातेमालो गर्न तयार रहेको उनको भनाइ छ ।

डिएसपी सुन्दर तिवारीले सहयोगप्रति आभार व्यक्त गरे । उनले नागरिक बर्दी विनाका प्रहरी भएकाले समाजमा अपराध न्युनीकरण, शान्ति, अमनचयन स्थापना गर्न सकारात्मक साथको खाँचो आंैल्याए । उनले प्रहरीभित्र पनि ज्ञानको दायरालाई फराकिलो बनाउनका साथै उनीहरुको रुचि अनुसारका प्रेरणादायी पुस्तक अध्ययनको वातावरण लागि पुस्तकालय निकै उपयोगी भएको र आगामी दिनमा प्रविधिमैत्री पुस्तकालय बनाउने तयारीमा रहेको जनाए । तत्कालीन कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाको नेतृत्वमा निर्मित सो पुस्तकालय असारको १३ मा उद्घाटन गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखरा भिलेज अब चारतारे

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा लेकसाइडस्थित होटल पोखरा भिलेज रिसोर्ट एन्ड स्पा स्तरोन्नतिसहित फोरस्टार होटलको रुपमा सञ्चालन गरिएको छ । २०६६ सालबाट…
  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…

hero news full width