अमरसिंहमा विद्यार्थी स्वागत तथा अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
श्रावण २७, २०७९
Amarsing Ma Vi Photo

पोखरा । पोखराको अमरसिंह नमुना माविमा नवआगन्तुक विद्यार्थीको बिहीबार स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

विज्ञान संकायमा भर्ना भएका नयाँ विद्यार्थीलाई विज्ञान शाखा एवं कक्षा १२ का विद्यार्थीले स्वागत गरेका हुन् । उनीहरुलाई विज्ञान विषय र यो विषय अध्ययनपछि भविष्यमा गर्न सकिने कामबारे अभिमुखीकरण कार्यक्रम गरिएको थियो ।

पोखरा वडा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले अमरसिंह अहिलेसम्म उत्कृष्ट भएकाले आगामी दिनमा यसको गरिमा अझै उचो बनाउनुपर्ने बताए । यसका लागि वडा कार्यालयले सक्दो सहयोग गर्ने उनको आश्वासन थियो । वडाबाट शैक्षिक सामाग्री उपलब्ध गराउन आफू तयार रहेको उनले बताए । विद्यालयको शैक्षिक विकासका लागि महानगर कार्यालयबाट हुन सक्ने सहयोगमा कुनै कसर बाँकी नराख्ने बताए ।

विद्यालय व्यवस्थापन समिति सदस्य आनन्दमणि रिजालले विद्यार्थीमा आत्मजागरण ल्याउन नियमित अभ्यासमा जुट्नुपर्नेमा जोड दिए । अभ्यासमा ध्यान नदिने विद्यार्थीले प्रगति गर्न नसक्ने उनको धारणा थियो ।

विद्यालय प्राचार्य तेजस्वी बरालले विद्यालयको अहिलेसम्मको गरिमामय इतिहासलाई निरन्तरता दिन नवआगन्तुक विद्यार्थीले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी इ. बुद्ध सुवेदी, गणित शिक्षक शिवप्रसाद बास्तोला, भौतिक विज्ञान शिक्षक सुरेन्द्र अधिकारीलगायतले विद्यालयको गरिमा जोगाउन सबै क्षेत्रले हातेमालो गर्नुपर्ने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width