सूचनाको हकसम्बन्धी विधेयक पारित

आदर्श समाज सम्वाददाता
श्रावण २७, २०७९
suchana bidhyek

पोखरा । गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने सम्बन्धमा बनेको विधेयक पारित भएको छ ।

बिहीबार प्रदेशसभा बैठकले बहुमतले सो विधेयक पारित गरेको हो ।

प्रदेशका कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले मन्त्रालयद्वारा विधेयकले नागरिकलाई सही सूचना प्रवाह गर्ने बताए । उनले विधेयक अन्य प्रदेशभन्दा उत्कृष्ट बनेको दाबी गरे । विज्ञहरुसँग व्यापक छलफल गरेर विधेयक पारित गरिएको भनाइ उनको छ ।

विधायन समिति सभापति विष्णुप्रसाद लामिछानेले प्रदेश नियमावलीअनुसार विधेयक पारित भएको बताए । उनले विधिसम्मत रुपमा विधेयक पारित भएको हुँदा प्रतिपक्षबाट विरोध समेत नभएको बताए ।

सांसद विनोद केसीले सूचनाको हकसम्बन्धी विधेयक प्रभावकारी भएको बताउँछन् । उनले विधेयक बनाएर मात्रै नहुने कार्यन्वयन पक्षमा समेत ध्यान दिनुपर्नेमा जोड दिए ।

सांसद सावित्रा रानाले विधेयकले कार्यान्वयनमा गएमात्र सार्थकता पाउने बताइन् । उनले प्रदेश सरकारले बनाएका विधेयक कार्यान्वयनमा लैजान सकेमात्र प्रभावकारी हुने विचार राखिन् । २०७८ चैत २३ मा सो विधेयक प्रदेशसभामा पेस भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width