प्रदेश खेलकुद परिषद्को भवन उद्घाटन

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७९
parisad 2

पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकीको नवनिर्वाचित प्रशासनिक भवन उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले पोखरा रंगशालामा निर्मित भवनको शिलालेख अनावरण गरी उद्घाटन गरेका हुन् । प्रदेश सरकारले करिब ९६ लाख रुपैयाँ लागतमा उपभोक्ता समितिमार्फत निर्माण सम्पन्न गरेको हो ।

सो अवसरमा मन्त्री गुरुङले भवन निर्माण्मा सहयोग गर्ने उपभोक्ता समितिका अध्यक्ष हरिबहादुर बरुवाल, भरत आले, बालकुमारी गुरुङ, ओम गुरुङ, विश्व तण्डुुकारलाई सम्मान गरेका थिए । मन्त्री गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीमा रहेका खेलाडीहरुलाई पौष्टिक आहारसमेत वितरण गरेका थिए । नवौंको तयारीका लागि खेलाडीहरुको हौसला बढाउन पौष्टिक आहार वितरण गरिएको हो । साथै नवौंमा छनोट हुने खेलाडीलाई हाइ अल्टिच्युड तालिम पनि व्यवस्था गर्ने जनाए ।

यस्तै, मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्मालाई ५ लाख पुरस्कारसहित सम्मान गरियो । गण्डकी प्रदेशबाट युवामैत्री स्थानीय तह प्रोत्साहन कार्यक्रम–२०७८ बाट प्रदेशका ८५ गाउँपालिकामध्ये मोदी उत्कृष्ट हुन सफल भएको हो । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यसचिव तेजबहादुर गुरुङले भवन निर्माणमा सहयोग गर्ने उपभोक्ता समितिलगायत सबैलाई धन्यवाद ज्ञापन गर्दै प्रशासनिक भवनबाट आफ्ना दैनिक कार्यक्रम सुचारु गर्न सहज हुने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width