फोनिज गण्डकीलाई फुटसल उपाधि

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७९
Fonij Futsal Photo 1

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको आयोजनामा बुधबार भएको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ ।

फोनिजको २३ औं स्थापना दिवस अवसरमा फोनिज गण्डकीको आयोजना र कास्की जिल्ला शाखाको सहआयोजनामा भएको पुरुष तथा महिला मैत्रीपुर्ण फुटसलमा दुवै खेलमा फोनिज विजयी भएको हो । पुरुष टिममा फोनिज गण्डकीले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई टाइब्रेकरमा ५–४ गोलअन्तर पराजित गरेको हो । महिलातर्फ फोनिज गण्डकीको टिमले कास्कीका पत्रकार महिलाको टिमलाई टाइब्रेकरमै ४–३ गोलअन्तर हराएको हो ।

पुरुषतर्फ निर्धारित समयमा ४–४ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित समयमा फोनिजतर्फबाट प्रवीण मगरले २ तथा सुशान्त गाहा र सुरज थापाले १/१ गोलको योगदान दिए । यस्तै खेलकुद पत्रकार मञ्चका लागि अनुप पौडेलले २ तथा मन क्षत्री र विजय नेपालीले १/१ गोल गरे ।

महिलातर्फ निर्धारित समयमा फोनिज गण्डकीबाट जूना थापाले पेनाल्टीमार्फत गोल गर्दा पत्रकार महिलातर्फबाट दीपा पौडेलले बराबरी गोल फर्काएको खेल संयोजक सुशान्त गाहामगरले बताए ।

विजेताले सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेताले मेडल र प्रमाणपत्र पाए । उनीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यसचिव तेजबहादुर गुरुङले पुरस्कार वितरण गरेका थिए । उनले खेलकुद स्वास्थ्यको लागि लाभदायक भएको बताउँदै यसले आपसी भाइचारामा पनि वृद्धि हुने बताए । पत्रकार लेख्नेमात्र होइन स्वस्थ्य हुनु पनि जरुरी रहेको मिडिया कप बेलाबेलामा हुनुपर्नेमा उनको भनाइ थियो । पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदमा पत्रकारले कलम र आवाजमार्फत साथ दिन उनको आग्रह थियो ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width