रेडक्रसमार्फत विपद् जोखिम न्यूनीकरण प्रविधि हस्तान्तरण

आदर्श समाज सम्वाददाता
श्रावण २५, २०७९
redcross 1

पोखरा । नेपाल रेडक्रस सोसाइटीले पोखरा महानगरपालिकालाई ‘पोखरा जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्र’ सञ्चालनका लागि सूचना प्रविधि तथा कार्यालय व्यवस्थापन सामा्रीहरू हस्तान्तरण गरेको छ । विपद्मा उत्थानशीलता अभिवृद्धि गर्ने लक्ष्यका साथ एफसिडियोको आर्थिक सहयोग र ब्रिटिस रेडक्रसको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी कास्कीमार्फत् पोखरा महानगरपालिकालाई ती सामग्रीहरू हस्तान्तरण गरिएको हो ।

पोखरा महानगरपालिकाको तर्फबाट सहयोग सामग्री ग्रहण गर्दै प्रमुख धनराज आचार्यले विपद् व्यवस्थापनको कार्यमा आफूहरू एकीकृत योजना बनाएर लागेको बताए । विपद्का बेला तत्काल रेस्पोन्ससहित राहत तथा उद्धारको काम गर्ने गरी विपद्सम्बन्धी महानगरको संयन्त्रलाई एकै स्थानबाट सञ्चालन गर्ने र त्यसलाई २४ सै घन्टा तयारी हालतमा राख्ने योजनाका साथ काम भइरहेको प्रमुख आचार्यले बताए । रेडक्रसको समन्वयमा प्राप्त विपद् जोखिम सिकाइ केन्द्र सञ्चालनका लागि सूचना प्रविधि तथा कार्यालय व्यवस्थापन सामग्रीहरूको पूर्ण सदुपयोग प्रतिबद्धता जनाए ।

सूचना केन्द्र तथा सामग्रीहरू हस्तान्तरण गर्दै नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका कार्यवाहक अध्यक्ष दण्डराज शर्माले विपदमा परेका नागरिकलाई तत्काल उद्धारका लागि व्यवस्थित सूचना प्रणाली सहयोगी बन्ने विश्वास व्यक्त गरे । मनिन्द्र स्थापितले सूचना केन्द्रका बारेमा जानकारी दिए ।

रेडक्रसले सूचना केन्द्र सञ्चालनसम्बन्धी ६ प्रकार र फर्निचरसम्बन्धी ६ प्रकारका सामग्रीहरू प्रदान गरेको छ । पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक रुद्रनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन रेडक्रस कास्कीका कार्यक्रम संयोजक देवनारायण पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा भिलेज अब चारतारे

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा लेकसाइडस्थित होटल पोखरा भिलेज रिसोर्ट एन्ड स्पा स्तरोन्नतिसहित फोरस्टार होटलको रुपमा सञ्चालन गरिएको छ । २०६६ सालबाट…
  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…

hero news full width