पोखरा । पोखराका विभिन्न ठाउँबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कास्की तथा मातहतका कार्यालयबाट खटेको प्रहरी टोलीले उनीहरुलाई लागुऔषध डाइजोपाम, फेनेरागन र नुर्फिनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कास्की अन्नपूर्ण गाउँपालिका स्थायी घर भई पोखरा खत्रीचोक इन्द्रमान गुरुङ (सन्तोष) को साथबाट डाइजोपाम ५३ एम्पुल, फेनेरागन ५३ एम्पुल र नुर्फिन ५३ एम्पुल गरी जम्मा १ सय ५९ एम्पुल लागु औषध बरामद गरेको छ ।
पोखरा १३ बाँझापाटनका विकास गुरुङको साथबाट डाइजोपाम २५ एम्पुल, फेनेरागन २५ एम्पुल र नुर्फिन २५ एम्पुल गरी जम्मा ७५ एम्पुल बरामद गरेको छ । गुरुङद्वयलाई कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थपी अनुसन्धान थालिएको छ ।
यस्तै, पोखरा २० भलामका सावन विकलाई डाइजापाम १७ एम्पुल, फेनेरागन १७ एम्पुल र नुर्फिन १६ एम्पुल गरी जम्मा ५० एम्पुलसहित कास्की प्रहरीले पक्राउ गरेको छ ।
पोखरा ३० घर बगालेटोल बस्ने कुमार गुरुङको साथबाट लागू औषध डाइजोपाम २८ एम्पुल, फेनेरागन ३० एम्पुल र नुर्फिन २८ एम्पुल गरी जम्मा ८६ एम्पुल बरामद गरेको छ । विक र गुरुङलाई अदालतबाट ६ दिन म्याद थप गरिएको छ ।
Related News
सम्बन्धित समाचार
ढोरपाटनका मेयर कारागार चलान
ढाकाकुमार पक्राउ
श्रीमतीको हत्या
आफ्नै पसलमा आगो लगाउने कारागार चलान
बाइक मोडिफाइ गर्ने कारबाहीमा
hero news full width
मुख्य समाचार
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
असाेज १७, २०८१विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
असाेज १७, २०८१स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !
असाेज १६, २०८१