प्रेस युनियन पदाधिकारीको सम्मान

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०७९
Press union

पोखरा । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीको पोखरामा सम्मान गरिएको छ । प्रेस युनियन कास्कीले सोमबार आयोजना गरेको समारोहमा सम्मानितमा हुनेमा युनियनका अध्यक्ष शिव लम्साल, उपाध्यक्ष नकुल अर्याल, गण्डकी उपाध्यक्ष ऋषिकान्त पौडेल र महासचिव दिलीप पौडेल छन् ।

उनीहरुलाई सम्मान गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले छलफलमा रहेको गण्डकी प्रदेशको आमसञ्चार विधेयक पत्रकारमैत्री हुने दाबी गरे । उनले लोकतन्त्रका लागि लडेका पत्रकारमाथि अंकुश लगाउने नियत नभएको स्पष्ट पारे । उनले संचारमाध्यममा आउने समाचारलाई सुझावको रुपमा लिएको र सामाजिक संजालमा गरिने टिप्पणी मर्यादाविपरीत रहेको टिप्पणी गरे ।

गण्डकी प्रदेशमा यातायात, मालपात लगायतका कर वृद्धि सम्बन्धमा उनले सच्चाएर सरकार अघि बढेको बताए ।

समारोहमा प्रेस युनियनका अध्यक्ष शिव लम्सालले श्रमजीवी पत्रकारको पक्षमा युनियनले काम गर्ने बताए । सरकारले तोकेको न्युनतम तलबले पत्रकारलाई नपुग्ने भन्दै उनले यसको पुनर्विचार गर्न सरकारलाई आग्रह समेत गरे ।

नेपाली कांग्रेसका गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेलले लोकतन्त्रको पक्षमा लडेका संचारमाध्यम र पत्रकारलाई रक्षा गर्ने दायित्व सरकारको हुने बताए ।

युनियनका सदस्य हरि भट्टराईले रचना गरेको नेपाल विज्ञान तथा प्रविधि ‘नाष्ट’को नाष्ट गानका लागि सर्वोत्कृष्ट भई पुरस्कृत भएकोमा उनलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा युनियन उपाध्यक्ष नकुल अर्याल, ऋषिकान्त पौडेल, महासचिव दिलीप पौडेल, कांग्रेस कास्कीका सहसचिव नवीन सिग्देल, प्रेस युनियन कास्कीका कार्यवाहक अध्यक्ष रविना आले, सचिव प्रदीप पौडेल, सहसचिव ज्योति हमालले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width