मेगा–युआरएल सम्झौता

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०७९
url (1)

पोखरा । मेगा बचत तथा ऋण सहकारी पोखरा ९ का सेयर सदस्यले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)मा सेवा लिँदा छुट पाउने भएका छन् । मेगाका अध्यक्ष ध्रुवराज चालिसे र युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले हस्ताक्षर गरेको सम्झौतामा मेगाका सेयर सदस्यलाई सबै सेवामा ३० प्रतिशत छुट दिने उल्लेख छ ।

साउनबाट लागु भएको यो सम्झौता ३ वर्षसम्म कायम रहनेछ । मेगाका सेयर सदस्यले चिकित्सकले सिफारिस गरेका जाँच वा सेल्फ टेस्ट दुवैमा छुट पाउने छन् । सामाजिक उत्तरदायित्व बहन गर्ने सर्वसाधारणलाई सुलभ शुल्कमा गुणस्तरीय सेवा दिन सम्झौत गरिएको युआरएल अध्यक्ष पन्तले बताए ।

पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको युआरलले पोखरामा शिशुवा, चाउथे, बाटुलेचौर र हस्पिटलचोकबाट सेवा दिइरहेको छ । युआरएले पोखराबाहिर लमजुङको बेसीसहर, स्याङ्जाका पुतलीबजार र वालिङ, तनहुँका दमौली र दुलेगौंडाबाट सेवा प्रदान गरिरहेको छ ।

विभिन्न संघ, संस्थासँग सहकार्य र युआरएलले आफैं गरी अहिलेसम्म १ सय १५ निशुल्क स्वास्थ्य शिविर भएका छन् । ती शिविरमा अहिलेसम्म करिब १ लाख सेवाग्राहीको सित्तैमा रगत जाँच गरेको युआरएलले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width