बजार बिक्री प्रतिनिधि संघमा बाबुराम

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०७९
nepal bikreta

पोखरा । नेपाल बजार बिक्री प्रतिनिधि संघ, पोखराको दोस्रो शाखा अधिवेशनले बाबुराम तिवारीको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

कमिटीको उपाध्यक्ष जयनारायण सापकोटा, सचिव भुवन पौडेल तथा अर्थ उपसचिव अग्नि पनेरु, संगठन उपसचिव मोनिका बराल, प्रचारप्रसार उपसचिव सुनीलकुमार गोर्खाली, अतिरिक्त उपसचिव सूर्यप्रसाद भट्टराई छानिए । सदस्यहरु गोविन्द रेग्मी, माधव बराल, बबिता भुषाल, केदार पौडेल, गुणराज गिरी, अजयराज खनाल र हृदयबाबु पौडेल छन् ।

नेपाल उद्योग परिसंघका गण्डकी प्रदेश अध्यक्ष उद्योगपति विक्रम कर्माचार्यले अधिवेशन उद्घाटन गरे । उनले कुनै पनि उद्योग प्रतिष्ठान र कम्पनी प्रतिनिधिबीच बजारसम्म उत्पादित उपभोग्य सामग्री पुर्‍याउन दुवै पक्षबीच पुलको काम गर्नुपर्ने बताए । उनले कम्पनी प्रतिनिधि भनेका उद्योगको मेरुदण्ड भएको उल्लेख गर्दै उपभोक्ताको घर भान्छासम्म पुर्‍याउने काम कम्पनी प्रतिनिधिले गर्दै आएको र उद्योगको व्यवसाय प्रवद्र्धनमा समेत कम्पनी प्रतिनिधिको अहम् भूमिका रहेको बताए ।

मदिरा व्यवसायी महासंघका केन्द्रीय महासचिव तारानाथ ढुंगाना, नेपाल बजार बिक्री प्रतिनिधि संघका संस्थापक अध्यक्ष प्रेमप्रसाद गौतम, संघका संस्थापक उपाध्यक्ष वसन्तराज सिग्देल, केन्द्रीय उपाध्यक्ष राजन कार्की, केन्द्रीय प्रचारप्रसार सचिव श्रीराम सिग्देल, संघका गण्डकी प्रदेश अध्यक्ष गोविन्द ढुंगाना, संघका पूर्व गण्डकी धौलागिरी अध्यक्ष गोपाल सापकोटालगायतले बोलेका थिए ।

नेपाल बजार बिक्री प्रतिनिधि संघ, पोखरा शाखाका अध्यक्ष सुरेन्द्रराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन संघका गण्डकी प्रदेश सचिव सुरेश सापकोटाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width