सहकारी बैंकको वार्षिक समीक्षा

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०७९
NCBL

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको पोखरामा आयोजित ३ दिने वार्षिक समीक्षा गोष्ठी सोमबार सकिएको छ । आर्थिक वर्ष २०७८÷०७९ को समग्र समीक्षा गरी चालु आर्थिक वर्षका योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउन गोष्ठी सहयोगी हुने बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकको वर्तमान वित्तीय अवस्था र आगामी लक्ष्य, बैंकले सञ्चालन गरेका सेवाहरु र आगामी दिनमा सञ्चालन गर्ने सेवाहरु, बैंकको सञ्चालन प्रक्रिया लगायतका विषयमा शाखा प्रमुखहरुको प्रस्तुतीकरण, समूह छलफल गरी प्रभावकारी रुपमा अगाडि बढ्ने विषयमा चर्चा गरिएको थियो ।

बैंकका अध्यक्ष केबी उप्रेतीले ७७ वटै जिल्लामा बैंकको सञ्जाल निर्माण गरेर थप प्रभावकारी सेवा सञ्चालनका लागि बैकको सम्पूर्ण शक्ति परिचालन हुनुपर्नेमा जोड दिए ।

बैंकको पहिलो काम सदस्यहरुलाई प्रदान गरिने वित्तीय तथा अन्य सेवालाई प्रभावकारी बनाउने र समग्र सहकारी अभियानको प्रभावकारितामा सहयोग पुग्ने गरी काम गर्न अध्यक्ष उप्रेतीले शाखा प्रमुखलाई आह्वान गरे ।

बैंकको लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीले देशभरका शाखा प्रमुखहरुको प्रस्तुति, योजना, लक्ष्य र काम गर्ने उत्साह सकारात्मक रहेको चर्चा गर्दै बैंकलाई सुरक्षित र सक्षम बनाउन जनशक्ति प्रभावकारी रहेको बताए ।

बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले स्थानीय तहहरुसँग समन्वय गरेर सदस्य वृद्धिसँगै सहकारीहरुको क्षमता विकासका काममा बैंकको भूमिका थप वृद्धि गरिने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सहकारी क्षेत्रमा बैंकले सञ्चालन गरेका प्रविधि लगायतसेवाहरुलाई आम सहकारीहरुमा पु¥याउन सकेमा सहकारी क्षेत्रका साख बढाउन सकिने बताए । कार्यक्रमको सञ्चालन बैंकको शिक्षा, तालिम तथा सम्मान उपसमितिका सदस्य सचिव रामबाबु आचार्यले गरेका थिए ।

सहकारी संघ संस्थाहरुसँग मात्र कारोबार गर्दै आइरहेको राष्ट्रिय सहकारी बैंकले ६८ वटा शाखामार्फत् देशभरका सहकारी संघ संस्थासँग कारोबार गर्दै आइरहेको छ । बैंकमा हाल करिब १६ हजार सेयर सदस्य, करिब ३ अर्ब सेयर रकम, ५१ अर्ब निक्षेप, ३७ अर्ब रुपैयाँ कर्जा लगानी रहेको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width