स्याङ्जा । स्याङ्जामा केन्द्रीय कार्यालय राखी २०६३ सालमा स्थापित मुक्तिनाथ विकास बैंकले केही वर्षयता कृषि क्षेत्रमा समेत काम गर्दै आएको छ । कृषिबिना समृद्धि सम्भव नहुने जनाउँदै बैंकले कृषितर्फ पाइला बढाएको बैंकका अध्यक्ष एवं कृषि कम्पनीका कार्यकारी प्रमुख भरतराज ढकालले बताए । ‘समृद्धिका आधार कृषि, कृषिका आधार प्रविधि’ र ‘गाउँका उत्पादन सहरमा, सहरको पुँजी गाउँमा’ भन्ने मूल नाराका साथ मुक्तिनाथ विकास बैंकद्वारा सञ्चालित मुक्तिनाथ कृषि कम्पनीले कृषिमा आकर्षित गर्ने योजनासहित कृषि उत्पादनमा जोड दिएको छ ।
‘एक स्थानीय संरचना, एक कृषि परियोजना’ कार्यान्वयन गरी नेपालमा कृषि उत्पादन बढाउन जोड दिने उद्देश्यले सोमबार मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले स्याङ्जा सदरमुकाममा अन्तक्र्रिया गरी राय सुझाव लिएको छ । यहाँका ११ वटै स्थानीय पालिकाका प्रमुख, उपप्रमुखसहित कृषिलगायत अन्य सरोकारवालाबीच कम्पनीले गर्दै आएका कामका बारेमा जानकारी गराइएको हो ।
सरकारका नीतिमै उल्लेख गरिएका विषय एक स्थानीय तह, एक कृषि उत्पादनलाई कार्यान्वयनमा ल्याउन र यहाँ उत्पादित वस्तु अन्तर्राष्ट्रिय स्तरमा निर्यात गर्नुपर्ने कम्पनीका कार्यकारी प्रमुख भरतराज ढकालले बताए ।
उनले भने, ‘तरकारी आयातमा नेपालबाट बर्सेनि खर्बौं रुपैयाँ बाहिरिने गरेको छ । यसको कमी गराउन सबैले कृषिमा जोड दिई उत्पादन बढाउनुपर्छ । आयआर्जन बढाई युवालाई स्वदेशमा अड्याउने वातावरण बनाउनुपर्छ ।’
कार्यपत्र प्रस्तुत गर्दै उनले मुक्तिनाथ विकास बैंकको लगानीमा २०७५ सालदेखि मुक्तिनाथ कृषि कम्पनी सञ्चालनमा ल्याएको जानकारी गराए । मुक्तिनाथ विकास बैंकका ८ सय ६३ जना मिलेर कम्पनी खोलेको हुन् ।
पब्लिक कम्पनीले लामो समयसम्मको अनुसन्धानपछि स्याङ्जाको आँधीखोला गाउँपालिकामा ३५ रोपनीमा र चितवनमा २ सय रोपनीमा कृषि उत्पादन सुरु गरेको जनाउँदै उनले आवश्यकताअनुरुप नेपालभर विस्तार गरिने जनाए ।
केन्द्रीय कार्यालय काठमाडौंमा रहेको र ६० जिल्लामा पुगेको र नेपालभर पुर्याउने लक्ष्य लिएको कम्पनीमा ७० जना कर्मचारी र ३ सय ५० कृषि उत्पादन सामग्री छन् ।
अबका केही दिनमा स्याङ्जा सदरमुकाममा पनि कृषिसँग सम्बन्धित बिउबिजन र उपकरण बिक्री केन्द्र सञ्चालनमा ल्याइने भएको छ । कृषक सम्मान, वास्तविक किसान पहिचान, किसानका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था, कृषि उत्पादन कार्ड लगायत किसानमुखी परियोजना सञ्चालन गर्दै अघि बढ्ने कार्यकारी प्रमुख ढकालले जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटी, कम्पनीका कार्यालय प्रमुख केशवराज लम्साल, गण्डकी प्रदेश इन्चार्ज भूमिराज भण्डारीलगायतले कम्पनीले हालसम्म गर्दै आएको र आउँदो कार्यकालका बारेमा जानकारी गराएका थिए ।
यसैगरी, प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला परियोजना प्रमुख माधव लम्साल, कृषि ज्ञान केन्द्रका कुषि अधिकृत ईश्वरीप्रसाद ढकाल, विद्यार्थी प्रवेश गोदार लगायतले बिउबिजन, प्रविधि, उपकरण, किसानका बारेमा राय सुझाव दिएका थिए । छलफलको समन्वय जिल्ला समन्वय समिति स्याङ्जाले गरेको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरा फाइनान्सका अध्यक्ष गुरूङको सपथ ग्रहण
पोखरा फाइनान्स अध्यक्षमा राजकुमार
राष्ट्रिय वाणिज्य बैंक बैंकको वालिङ शाखा उद्घाट्न
मुक्तिनाथ कृषि कम्पनीले सञ्चालनमा ल्यायो ५ संरचना
ग्रीन बैंकको वार्षिकोत्सवमा ५२ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०जेल डायरी परिचर्चा : विचारले चिनिएका बिपी
असाेज ६, २०८०गण्डकीका मन्त्रीको सम्पत्ति: मुख्यमन्त्रीको मारुती, भौतिकमन्त्रीको एस्काभेटर
असाेज ६, २०८०हेमदेवी धर्म संस्कृतिपुरस्कारबाट कमलनयनाचार्य सम्मानित
असाेज ६, २०८०