पोखरा, २३ साउन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुनेमा कुनै दुविधा नरहेको बताएका छन् । उनले मन्त्रिपरिषद्ले मिति तय गरेबमोजिम राखेप तयारीमा जुटिसकेको हुँदा गण्डकी प्रदेशवासी समेत आफ्नो अपनत्व ग्रहण गर्ने गरी तयारीमा लाग्न आग्रहसमेत गरे ।
पोखरामा सोमबार नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दैसदस्यसदस्य घिसिङले सो कुरा बताएका हुन् ।
नवौं खेलकुद कार्यकारी समितिका संयोजकसमेत रहेका उनले १३ औं साग सम्पन्न गरिसकेको पोखरामा धेरै भौतिक पूर्वाधार रहेको उल्लेख गर्दै विभिन्न खेलस्थलको लागि आवश्यक मस्यौदासमेत प्राप्त भइसकेको छ र छिट्टै टुंगोमा पुगिने बताए । उनले असोज २८ देखि कात्तिक ३ सम्म राष्ट्रिय चाडको रुपमा रहेको प्रतियोगितामा ३६ खेलका ४ सय ७ इभेन्टमा खेल हुने जानकारी समेत दिए । सदस्य सचिव घिसिङले विभिन्न ११ टिममध्ये कम्तीमा ४ टिमले भाग लिएमात्र सो खेल प्रतियोगिताको रुपमा गणना हुने पनि प्रष्ट पारे । यसैगरी आगामी भदौ १५ सम्म सबै ११ वटै टिमले आफ्ना खेलाडीको छनोट गरी राखेपमा पठाइसक्नुपर्ने उनले बताए ।
३६ खेलका ४०७ इभेन्टमा खेल हुनेछ
दोस्रो संस्करण सम्पन्न गरेको ३९ वर्षपछि पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता भित्रिएको हो । आप्mनो प्रदेशमा राष्ट्रिय खेलकुद संचालन हुने भएपछि प्रदेशवासी समेत उत्साहित छन् । तर दोस्रो संस्करणमा समेत स्वीमिङ पुल अभावमा काठमाडौंमा सीमित भएको स्वीमिङ यसपालि पनि पोखराले पाउने सम्भावना कमै छ । यहाँ भौतिक पूर्वाधार अभावमा स्वीमिङ, सुटिङ लगायतका केही खेल नहुँदा काठमाडौंमै हुने सम्भावना बलियो बन्दै गएको छ । यस विषयमा सदस्य सचिव घिसिङ सम्बन्धित खेल संघ तथा प्रशिक्षकले विद्यमान खेल नियम आधार मानेर निधो गर्ने बताए ।
नवौंमा एकल तर्फ प्रथम हुनेले २५ हजार तथा टिमतर्फ प्रथम हुने १५ हजार पुरस्कार प्राप्त गर्ने छन् । साथै राष्ट्रिय रेकर्ड भंग गर्नेले ५० हजार इनाम पाउने छन् । प्रतियोगिताको उद्घाटन र समापन पोखरा रंगशालामै हुने गरी तयारी भइरहेको सदस्यसचिव घिसिङले जानकारी दिए । नवौंका लागि १० लाख रुपैयाँ बराबरको ट्रफी (सुनचाँदी जडित) बनाउने कार्य जारी रहेको र सो ट्रफी सात वटै प्रदेशमा पु¥याइने र अन्त्यमा जुन टिम च्याम्पियन हुन्छ उसैलाई हस्तान्तरण गरिने छ ।
प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले गण्डकीमा हुने नवौं राष्ट्रिय खेलकुदको लागि आफूहरु कसरी गण्डकीलाई राम्रो बनाउने र यहाँको भौतिक पूर्वाधारमा ध्यान दिन केन्द्रित भएको बताए । खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेल पनि बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
hero news full width
मुख्य समाचार
बढ्दै छन् कुष्ठरोग प्रभावित
फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०संसदमाथि सरकार हावी भयो : देवकोटा
मंसिर १६, २०८०केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
मंसिर १६, २०८०कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०