क्युआर कोडबाटै विन्ध्यवासिनीलाई भेटी

आदर्श समाज सम्वाददाता
श्रावण २३, २०७९
bindabasini

हेमजा । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति र माछापुच्छ्रे बैकको सहकार्यमा मन्दिरमा क्युआर कोडमार्फत् कारोबार गर्न सम्भव भएको छ । जसअनुसार बैंकले आइतबार एक कार्यक्रमबीच कोड हस्तान्तरण गरेको छ ।

कार्यक्रममा राष्ट्र बैंक पोखराका निर्देशक डा.रामशरण खरेलले डिजिटल प्रणालीबाट कार्य गर्दा राष्ट्र बैंकको सफा नोट नीतिलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले नोट छपाइमा हूने खर्चसमेत कटौती हूने सुनाए । निर्देशक डा.खरेलले कागजी नोट छाप्ने प्रक्रिया लामो भएको बताउँदै हाल डिजिटल बैंकिङ कारोबारले सजिलो बनाएको बताए ।

बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विन्ध्यवासिनी धार्मिक क्षेत्रमा सहयोग गर्दै आएको र आगमी दिनमा समेत सहयोग जारी रहने प्रतिबद्धता जनाए । सिइओ कोइरालाले नेपालभरिका मठमन्दिरमा क्युआर कोड राख्ने अभियान भएको बताउँदै त्यसैअनुरुप विन्ध्यवासिनी धार्मिक क्षेत्रमा पनि अभियान सुरु भएको जनाए ।

पोखरा १ को अध्यक्ष सहारा प्रधान तथा २ अध्यक्ष दिवसमान प्रधानांगले डिजिटल माध्यमबाट सहयोग गर्दा पारदर्शिता बढ्ने औंल्याए ।

अबदेखि मन्दिरमा क्युआर कोडमार्फत कारोबार गर्ने भक्तजनले आफ्नो दान रकम सिधै मन्दिरको खातामा जम्मा गर्न पाउने छन् । जसमार्फत् पूजा गर्दा नोट भिज्ने समस्याको अन्त्य हुनुका साथै आर्थिक पारदर्शितासमेत बढ्नेछ ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष सूर्यप्रसाद सुवेदीले समितिले गरेको समाजिक कामबारे बताउँदै वित्तीय र धार्मिक क्षेत्रबीच सहकार्य गर्न पाएको भन्दै खुसी व्यक्त गरे । उनले मन्दिरमा संकलन हुने भेटी अब क्युआर कोडमार्फत् संकलन हुँदा थप सहजता हुने विश्वास व्यक्त गरे ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कार्यवाहक अध्यक्ष सूर्यप्रसाद सूवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका संस्थापक सञ्चालक एवं स्व.सूर्यबहादुर केसीकी श्रीमती प्रेमकुमारी केसी, बैंक सञ्चालक वन्दना कार्की, सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक सुरेश श्रेष्ठलगायतले बोलेका थिए । बैंकका प्रतिनिधि विकास श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width