महिला विकासका लागि आमा समूहमा तुलसी

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०७९
MAHILA BIKASH KA LAGI AMA SAMUHA

पोखरा । पोखरा ७ मासबारस्थित महिला विकासका लागि आमा समूहको १८ औं साधारणसभा तथा नवौं अधिवेशनले तुलसी बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

२३ सदस्यीय समिति उपाध्यक्षमा अञ्जु पण्डित, सचिव कमला बराल, सहसचिव उमा आचार्य, कोषाध्यक्ष विजया बराल छन् । सदस्यमा रीता बराल, अनुपा बराल, समीक्षा बराल, संगीता बराल, सीता पौडेल, अनिता बराल, भागरथी बराल, सरस्वती पौडेल बराल, सरस्वती बराल (सरु), वीनिता बराल, बिमला लम्साल, पार्वती पौडेल, तारादेवी बराल, गंगा पौडेल, सावित्री पौडेल, कमला अधिकारी, शारदा अधिकारी र मञ्जु बराल चयन भए ।

यसअघि वडाध्यक्ष राममोहन आचार्यले कार्यक्रम उद्घाटन गर्दै वडाका सामाजिक संस्थालाई सक्रिय बन्न आग्रह गरे । आमा समूहले स्थापनाकालदेखि नै महिला सशक्तीकरण र सामाजिक विकासमा काम गर्दै आएको बताउँदै उनले नयाँ कार्यसमितिलाई थप सक्रिय बन्न सुझाव दिए ।

कार्यक्रममा वडा सदस्य अर्जुन थापा, सीता लामिछाने, सुनिता सुनार, काग्रेस वडा इकाइ सभापति नवीन बराल, माछापुच्छ«े महिला क्लबका अध्यक्ष गीता पौडेल, सक्रिय दलित महिला समूह अध्यक्ष पार्वती सुनार, पुस्करेस्वर महादेव मन्दिर व्यवस्थापन समिति अध्यक्ष पिताम्बर बराल, मासबार आमा समूह उपाध्यक्ष कृष्णकुमारी बराल, रेडियो सफलताका प्रबन्ध निर्देशक दुर्गा अधिकारी, आमा समूह सल्लाहकार शोभाचन्द्र बराल, विष्णुहरि बराल, समूहकी संस्थापक अध्यक्ष महाकाली बराल लगायतले शुभकामना व्यक्त गरे । कार्यक्रममबीच ७५ वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै श्रीकृष्ण माविका २५ जना जेहेनदार विद्याथीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरियो । समूह अध्यक्ष मनमाया बरालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन अञ्जु पण्डितले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width