पुरानो टुँडिखेलमा तीज मेला

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०७९
indreni teej mela – 21 saun

पोखरा । इन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजना तथा सुरताल इभेन्ट एन्ण्ड मल्टिमिडियाको व्यवस्थापनमा पोखराको पुरानो टुँडिखेलमा हुने तीजमेला–२०७९ तयारी तीव्र पारिएको छ । ३ वर्षअघि पहिलो पटक आयोजित सो मेला कोरोनाका कारण २ वर्षयता हुन सकेको थिएन । यसपालि भदौ १० देखि १६ सम्म चल्ने मेलाको तयारीमा स्थानीय लागिपरेका छन् ।

मेलामा मौलिक तीजगीत, गृहिणी नृत्य, टपरी गाँस्ने, छेलो, विद्यालयस्तरीय नृत्य लगायतका प्रतियोगिता हुने आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए । मेलामा दैनिक उपभोग्य सामान, कृषि, हस्तकला, बैंक तथा वित्तीय संस्था, लत्ताकपडा, रेष्टुरेन्ट लगायतका विभिन्न स्टल राखिने छन् । साथै कलाकारको दैनिक प्रस्तुति एवं बालबालिकाका लागि बालउद्यान आकर्षण रहने छन् । मेलामा प्रवेश गर्दा पैसा लाग्दैन ।

नेपाली मौलिक कला र संस्कृति जगेर्ना गर्दै करिब २ दशक अघिदेखि तीजगीत प्रतियोगिता हुँदै आएकोमा २०७६ मा तीजमेला गरिएकोमा यसपालि निरन्तरता दिइएको अधिकारीले बताए ।

केन्द्रले मेलाबाट गाईघाट क्षेत्रमा निर्माण गर्दै गरेको किरियापुत्री भवन निर्माणलाई आर्थिक सहयोग जुटाउने उद्देश्यसमेत लिएको जनाएको छ ।

मेला तयारीका लागि शनिबार वडाका राजनीतिक दल, आमा समूह, क्लब, विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागितामा वडा भेला भएको छ । सहभागीले मेला सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए । वडा सदस्य रामजी पौडेलले मेला केन्द्रको आयोजनामा संचालन हुने भए पनि सफल पार्नु वडावासी सबैको कर्तव्य हुने बताए ।

Related News

सम्बन्धित समाचार

  • जय गौडेललाई गजल प्रतिभा पुरस्कार

    आदर्श समाज सम्वाददाता भाद्र ६, २०७९
    पोखरा, ६ भदौ । युवा गजलकार जय गौडेललाई यस वर्षको गजल प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । समाजसेवी लालबहादुर गुरुङद्वारा…
  • भूमिराजको ‘देखेपछि तिमीलाई’

    आदर्श समाज सम्वाददाता श्रावण १७, २०७९
    पोखरा । गायक तथा मोडल भूमिराज ढुंगानाको आधुनिक गीत तथा म्युजिक भिडियो ‘देखेपछि तिमीलाई’ को बिमोचन कार्यक्रम सम्पन्न भएको छ…
  • सुनिन छाडे असारे भाका

    धनबहादुर गुरुङ असार १७, २०७९
    पोखरा । ‘असार मासको छिपछिपे हिलो, छिः मलाई घीन लायो जेठी र कान्छी नगरे झगडा कान्छीलाई दिम्ला गइरीको खेत, जेठीलाई…
  • पोखरामा ठाडोभाका संरक्षणको पहल

    आदर्श समाज सम्वाददाता वैशाख १५, २०७९
    पोखरा । लमजुङ जिल्लामा बढी गाइने ठाडोभाकाको संरक्षणका लागि बुधबार पोखरामा एक कार्यक्रमको आयोजना गरिएको छ । लमजुङका कवि एवं…
  • ‘लण्डन टु पेरिस’मा साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित

    आदर्श समाज सम्वाददाता चैत्र २२, २०७८
    पाेखरा । घनश्याम लामिछानेले निर्देशित सिनेमा ‘लण्डन टु पेरिस’मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन् । मंगलबार निर्माण टिम…

hero news full width