एसओएस स्कुलमा वृक्षरोपण

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०७९
Planting

पोखरा । रोटरी क्लब अफ पोखरा मिडटाउनले रामबजारस्थित एसओएस हर्मन माइनर स्कुलमा वृक्षरोपण गरेको छ । इनरह्वील क्लब अफ पोखरा मिडटाउ र रोक्ट्रयाक क्लबको संयुक्त आयोजनामा स्कुल हाताभित्र फलफूलका बिरूवा रोपिएका हो ।

डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले फलफूलका बिरूवा बालग्रामका आमाहरूलाई हस्तान्तण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । उनले रोटरी क्लबले बालग्राममा फलफूलका बिरूवा रोपी पुण्य काम गरेको बताए । बरालले आगामी वर्ष गरिने वृक्षरोपणका लागि वन कार्यालयले आवश्यक बिरूवा उपलब्ध गराउने प्रतिबद्वता जनाए ।

रोटरी क्लब अफ पोखरा मिडटाउनका अध्यक्ष रवीन्द्रनाथ बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष सन्तोष पोखरेल, सचिव विकास अधिकारी, एसओएस बालग्रामका निर्देशक भगतकुमार श्रेष्ठ, उपनिर्देशक बाबुराम बराल लगायतले बोलेका थिए ।

क्लबले यस वर्ष बालग्रामका बालबालिका लक्षित आँप, लिची, एभोकाडो, जापानिज कटुस, कफी लगायत बिरुवा रोपेको कार्यक्रम संयोजक उपेन्द्र पौडेलले बताए ।

Related News

सम्बन्धित समाचार

  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…

hero news full width