कृष्ण प्रणामी मन्दिरमा कथावाचन

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०७९
Katha bachan

पोखरा । पोखराको रत्नचोकमा श्रीमद् वितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथावाचन जारी छ ।

पोखरा ८ स्थित कृष्ण प्रणामी मन्दिरको आयोजनामा साउन २ देखि सुरु भएको कथावाचन भदौ ३ गतेसम्म चल्नेछ । भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी प्राकट्य महोत्सवसमेत गरिने बताइएको छ ।

कार्यक्रममा गुरुजी वाणी तथा वितक कथाकार युवा धर्म प्रचारक श्यामदास महाराजले संगीतमय कथा प्रवचन गरेका छन् ।

धार्मिक तथा आध्यात्मिक जागरणका लागि कार्यक्रम महत्वपूर्ण रहने मन्दिरका अध्यक्ष पुरुषोत्तम रेग्मीले बताए । कार्यक्रममा सहभागी भएर पुण्यलाभ गर्न उनले आग्रह गरे ।

हरेक दिन बिहान ११ देखि दिउँसो २ बजेसम्म कथावाचन हुनेछ । हालसम्म ६ हजारभन्दा बढी कार्यक्रममा सहभागी भएको मन्दिरका सचिव देवीप्रसाद खतिवडाले जानकारी दिए । साउन २७ गते रक्षाबन्धनको दिन विशेष कार्यक्रम गरिने उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width