प्रधानसम्पादक बास्तोला सम्मानित

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०७९
krishna bastola prize

पोखरा । आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला राष्ट्रिय नागरिक पत्रकारिता सम्मान–२०७९ द्वारा सम्मानित भएका छन् ।

काठमाडौंमा शनिबार राष्ट्रिय नागरिक विकास समाजको १३ औं वार्षिकोत्सव समारोहबीच उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सम्मान गरेका हुन् । समारोहमा मन्त्री कुँवरले सम्मानपत्र, पूर्व पर्यटन राज्यमन्त्री परशुराम तामाङले माला तथा समाजका अध्यक्ष महेशजंग कुँवरले माला लगाएर सम्मान गरेका थिए ।

स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्षसमेत रहेका बास्तोलालाई सामाजिक रुपान्तरणका लागि पत्रकारिता माध्यमबाट समाजमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । त्यस अवसरमा बास्तोलालगायत विभिन्न क्षेत्रका २२ जना व्यक्तिलाई सम्मान गरिएको थियो ।

समारोहमा प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विभिन्न क्षेत्रको पहलबिना समाज अघि बढ्न नसक्ने बताउँदै समाज बलियो भएमात्रै राज्यले ठिक बाटो अवलम्बन गर्न सक्ने बताए । पूर्व पर्यटन राज्यमन्त्री तामाङले समाजसेवामा पत्रकारिता क्षेत्रले समाजमा प्रेरणादायी भूमिका खेलेको उल्लेख गरे ।

यसैबीच, गत साउन १ मा प्रधानसम्पादक बास्तोला गंगा–ज्योति स्मृति पुरस्कारबाट सम्मानित भएका थिए । अद्वैत संस्थाका कुलपति प्रताप चक्रवर्तीले काठमाडौंमा आयोजित विशेष समारोहबीच बास्तोलालाई उक्त पुरस्कार प्रदान गरेका हुन् । गुरुआमा पूर्णलक्ष्मी चक्रवर्तीको ११६ औं जन्मजयन्ती तथा अद्वैत संस्थाद्वारा संचालित २०७८/०७९ को दशमासीय राष्ट्रव्यापी महासत्संग समापन अवसरमा नगद २५ हजार रुपैयाँसहित सम्मानित भएका थिए ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width