कर वृद्धि फिर्ता गर : कांग्रेस गण्डकी

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०७९
congress

पोखरा । नेपाली कांग्रेस गण्डकीले प्रदेश सरकारले बढाएको कर तत्काल फिर्ताको माग गरेको छ । नेपाली कांग्रेस जनताको दुखमा साथ दिने पार्टी भएको स्मरण गराउँदै कांग्रेस नेतृत्वकै सरकारले जनतालाई नै सास्ती दिने तरिकाले गरेका निर्णय तत्काल बदर गर्नुपर्ने मागसमेत गरेको हो ।

कांग्रेस गण्डकी प्रदेश कार्यसम्पादन समितिको बैठकले यसबारे ध्यानाकर्षणसहित यातायात तथा भूमिसम्बन्धी करमा भएको वृद्धि फिर्ताको माग गरिएको पार्टी प्रवक्ता माधवप्रसाद बास्तोला (मधु) ले बताए । सरकारमा आफ्ना प्रतिनिधिलाई जनताको भावनाअनुरुप काम गर्न पठाइए पनि केही व्यक्तिवादी सोचका साथ मनगढन्ते भावमा प्रस्तुत हुँदा जनताका इच्छा अपेक्षालाई कुल्चने प्रयास देखिएकाले जनभावनाविपरीतका निर्णय तत्काल संशोधन गर्न अनुरोध गरिएको उनले बताए ।

साथै, बैठकले मंसिर ४ मा सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै पटक गर्ने घोषणाको स्वागत गर्दैैै आफ्नो पार्टीको जीत सुनिश्चितता गराउन उच्च मनोबलका साथ जनताकोबीचमा जान पार्टीका सबै तहलाई आह्वान गर्ने निर्णय गरेको छ । निर्वाचन मध्यनजर गर्दै गण्डकीका सबै क्षेत्र, प्रदेश क्षेत्रीय कार्यसमितिसँग समन्वय गरी निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गर्न गण्डकी प्रदेश कार्यसमितिको तर्फबाट यथासक्य चाँडो सबै प्रदेश क्षेत्रीय कार्यसमितिमा प्रतिनिधि खटाउने जानकारी गराइएको प्रवक्ता बास्तोलाले बताए ।

Related News

सम्बन्धित समाचार

  • पाइप चोरी आरोपमा जनप्रतिनिधि पक्राउ

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा । खानेपानी आयोजनाको पाइप चोरीको अभियोगमा कास्कीमा जनप्रतिनिधि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मादी गाउँपालिका १ का वडा…
  • गण्डकी सरकारले घटायो करका दर, २ अध्यादेश पारित

    आदर्श समाज सम्वाददाता असाेज ८, २०७९
    पाेखरा । गण्डकी प्रदेश सरकारले नागरिकको आवाज सम्बोधन गर्दै करका दरमा पुनावलोकन गर्ने लगायत ३ महत्वपूर्ण निर्णय गरेको छ । असोज…
  • जबराको महाअभियोगमा सफाइ हुँदैन : घिमिरे

    आदर्श समाज सम्वाददाता असाेज ८, २०७९
    पोखरा । नेपाल बार एसोसिएसन अध्यक्ष गोपालकृष्ण घिमिरेले सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लागेको महाअभियोगमा सफाइ नहुने दाबी गरेका छन् ।…
  • आत्महत्या रोकथाममा नागरिकको साथ

    आदर्श समाज सम्वाददाता असाेज ३, २०७९
    पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पोखरामा आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि कार्यक्रम गरेको…
  • गण्डकीले पूरा गर्‍यो पहिलो कार्यकाल

    आदर्श समाज सम्वाददाता असाेज ३, २०७९
    पोखरा । गण्डकी प्रदेशसभाको पहिलो कार्यकाल सकिएको छ । शनिबार रातिदेखि प्रदेश र प्रतिनिधिसभा संसद एकै पटक अन्त्य भएको हो…

hero news full width