हेमजा गोल्डकपबाट १० लाख बचत

आदर्श समाज सम्वाददाता
श्रावण २१, २०७९
hemja united photo

हेमजा । छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकपमा १० लाख बचत भएको छ । आयोजक हेमजा युनाइटेडले शुक्रबार सार्वजनिक सुनुवाइ गर्दै त्यस्तो जानकारी दिएको हो ।

प्रतियोगितामा कुल ५८ लाख ९८ हजार ७ सय ६९ आम्दानी भएकोमा १० लाख ७३ हजार ३ सय ५१ बचत गर्न सफल भएको युनाइटेडका अध्यक्ष इन्द्रबहादुर कुँवरले जानकारी दिए ।

कार्यक्रममा पोखरा २५, हेमजाका वडाध्यक्ष मोतीलाल तिम्सिनाले फुटबल गौरवको खेल भएको बताउँदै प्रतियोगिता सफल बनाएकोमा युनाइटेडलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि प्रतियोगिता आयोजना गर्नुपर्ने उल्लेख गर्दै वडाबाट सक्दो सहयोग रहने बताए ।

अर्थ संकलन उपसमिति संयोजक जगतबहादुर थापाले प्रतियोगिता सम्पन्न गर्नु चुनौतीपूर्ण रहेको औंल्याए । सहारा क्लबका कोषाध्यक्ष नवराज अधिकारीले आयोजकको सम्मानप्रति धन्यवाद प्रकट गर्दै सक्दो सहयोग निरन्तर गरिरहने प्रतिबद्धता जनाए ।

त्यस अवसरमा युनाइटेड अध्यक्ष कुँवरले लियो क्लब अफ हेमजाका अध्यक्ष निराजन अधिकारीलाई सर्भिस ज्याकेट हस्तान्तरण गरे । त्यस्तै सहारा क्लब कोषाध्यक्ष अधिकारी र युनाइटेड सचिव सुनील गायकलाई सम्मान पनि गरियो भने खेल मैदान निर्माणको आयव्यय सार्वजनिक गरिएको थियो ।

युनाइटेडका अध्यक्ष कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजेश त्रिपाठीले स्वागत तथा सचिव सुनील गायकले सञ्चालन गरे । कुल ८ टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि एभिनियर फुटबल क्लबले जितेको थियो । त्यस्तै आयोजक समूह दोस्रो भएको थियो । विजेतालाई ६ लाख तथा उपविजेतालाई ३ लाख साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियोे ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…
  • पोखरामा पहिलो पल्ट मोटरसाइकल रेस, बाम्दीमा यसरी ओइरिए दर्शक

    विजय नेपाल चैत्र २६, २०८०
    पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३,…

hero news full width