पोखरा महानगरले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७९
Sajhedari2

पोखरा।  पोखरा महानगरपालिकाले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । ग्रामीण क्षेत्रका कृषकहरूको उत्पादनलाई बजारीकरण गर्न निःशुल्क ढुवानी सुविधा सहित फलफूल तरकारी मूल्य शृखला विकास आयोजनासँगको साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो । सो सम्बन्धी सम्झौतामा कृषि तथा पशु पन्छी विकास मन्त्रालयका सहसचिव प्रकाश कुमार सन्जेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हस्ताक्षर गर्नुभएको छ ।

कृषि एम्बुलेन्सले महानगरपालिकाका उत्पादन केन्द्रित वडाहरूबाट कृषि उत्पादनको संकलन केन्द्र मार्फत निःशुल्क ढुवानी गर्नेछ भने, उपभोक्ता केन्द्रित वडाहरूमा भने वितरणको काम गर्नेछ । ग्रामीण क्षेत्रका किसानहरूले उत्पादन गरेको तरकारी मुख्य बजार क्षेत्रका उपभोक्तालाई स्वस्थ उपज खुवाउने महानगरको वार्षिक नीति तथा कार्यक्रम अनुसार कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार कृषि एम्बुलेन्स मार्फत कृषकहरूलाई आवश्यक पर्ने बीउ समेत वितरण गर्न सहज हुनेछ ।

कृषि एम्बुलेन्सको सञ्चालनले कृषि उपजमा हुने क्षतिको न्यूनीकरण, उत्पादन क्षेत्रदेखि बजार केन्द्रसम्म सुरक्षित कृषि उपज ढुवानी, समयमा ढुवानी तथा बजारीकरणको अभावका कारण तरकारी बिग्रेर हुने फोहोरमा कमी, तरकारीमा हुने चरम बिचौलियापनको अन्त्य, कृषकहरूलाई तरकारी बजार सम्म र्पुयाउन हुने तनावको अन्त्य, स्थानीय उत्पादनलाई प्रोत्साहन र उपभोक्ताको घरघरमा ताजा तरकारीको उपलब्धता लगायत फाइदा हुने पोखरा महानगरपालिकाको कृषि विकास महाशाखाका प्रमुख मनोहर कडरियाले बताउनुभयो ।

तालिका बनाएर महानगरका विभिन्न क्षेत्रहरूमा दैनिक जसो सञ्चालन गरिने यस सेवाले साना किसानहरूलाई समेत आफ्नो कृषि उपजको बजारीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ । एक पटकमा ३ टन भन्दा धेरै तरकारीको ढुवानी गर्न सक्ने क्षमताको उक्त एम्बुलेन्स सञ्चालनलाई महानगरले थप व्यवस्थित गर्दै लैजानेछ ।

Related News

सम्बन्धित समाचार

  • अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर

    आदर्श समाज सम्वाददाता श्रावण २५, २०७९
    पोखरा । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एकमात्र आधिकारिक बिक्रेता अग्नि ग्रुपले सेवाग्राहीको सुविधाका निम्ति नयाँ टु एस सर्भिस सेन्टर पोखरा…
  • सहकारी बैंकको वार्षिक समीक्षा

    आदर्श समाज सम्वाददाता श्रावण २४, २०७९
    पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको पोखरामा आयोजित ३ दिने वार्षिक समीक्षा गोष्ठी सोमबार सकिएको छ । आर्थिक वर्ष २०७८÷०७९…
  • पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण २३, २०७९
    पोखरा । पोखरा उद्योग वाणिज्य संघका वर्तमान उपाध्यक्ष अर्जुन पोखरेलले आगामी महाधिवेशनमा संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।…
  • राष्ट्रिय सहकारी बैंकको समीक्षा पोखरामा

    आदर्श समाज सम्वाददाता श्रावण २२, २०७९
    पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक समीक्षा गोष्ठी शनिबारदेखि पोखरामा सुरु भएको छ । ३…
  • बुद्ध विशाल बजार एसोसियसनको सभा

    आदर्श समाज सम्वाददाता श्रावण २२, २०७९
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसियसनको २४ औं साधारणसभा भएको छ । सभा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास…

hero news full width