आचार्य बालकृष्णको जन्मदिनमा रक्तदान

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७९
blood

वालिङ । विश्वविख्यात आयुर्वेद शिरोमणि बालकृष्णजी महाराजको जन्मदिनमा वालिङमा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ५८ प्वाइन्ट रगत संकलन भयो ।

पतञ्जलि योग समिति स्याङ्जाले उनको ५० औं जन्मोत्सवमा सो कार्यक्रम गरेको पतञ्जलि योग समिति स्याङ्जाकी महिला प्रभारी तथा कार्यक्रम संयोजक कविता भुसालले बताइन् ।

‘महाराज स्याङ्जा वालिङकै हुनुभएकाले पनि उहाँको जन्मभूमिमा पतञ्जलि योग समितिमार्फत वर्षेनी जन्मोत्सव मनाउँदै आएका छौं,’ संयोजक भुसालले भनिन्, ‘५० औं जन्मोत्सवका अवसरमा आज वालिङमा बृहत् रक्तदान तथा वृक्षरोपण गरेका हौं ।’

जिल्ला रेडक्रस सोसाइटी अध्यक्ष दिनेश अर्यालले संकलित रगतलाई रक्त सञ्चार केन्द्र स्याङ्जामा लगेर समूह छुट्टयाएर राखिने र जुन समूहको रगतको माग हुन्छ सोही समूहलाई मिल्ने रगत निशुल्क बिरामीलाई उपलब्ध गराइने बताए ।

‘पछिल्लो समय जिल्ला अस्पताल स्याङ्जा र वालिङ सामुदायिक डायलासिस सेन्टरमा मिर्गौलाका बिरामीको नियमित डायलासिस हुने गरेकाले रगतको माग बढ्दै गएको छ,’ उनले भने, ‘यहाँ संकलन भएको रगत जिल्ला अस्पतालमा मिर्गौलाको डायलासिसका बिरामी तथा सुत्केरी महिलाहरुलाई र वालिङमा डायलासिसका बिरामीलाई निशुल्क उपलब्ध गराउँदै आएका छौं ।’

स्याङ्जाभित्र मासिकरुपमा ५० पिन्ट रगतको माग हुने गरेको छ । रगत लिएको ३५ दिनभित्रमा उक्त रगत प्रयोग गरी सक्ने पर्ने भएकाले जिल्लामा खपत भएर बाँकी रहेको रगत रक्त सञ्चार केन्द्र कास्की पठाउने गरिएको उनले बताए ।

रक्तदान तथा वृक्षरोपण कार्यक्रममा वालिङ नगर प्रमुख कृष्ण खाँण, उपप्रमुख कविता तिवारी गैह्रे, इलाका प्रशासन कार्यालय वालिङका प्रमुख घनश्याम गौतम, पतञ्जलि योग समिति स्याङ्जाका अध्यक्ष नारायणप्रसाद तिवारी, कार्यक्रम संयोजक कविता भुसाल, गिरमान गुरुङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

बालकृष्ण महाराजको जन्म वालिङ ६ भरुवामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • रेडक्रसमार्फत विपद् जोखिम न्यूनीकरण प्रविधि हस्तान्तरण

    आदर्श समाज सम्वाददाता श्रावण २५, २०७९
    पोखरा । नेपाल रेडक्रस सोसाइटीले पोखरा महानगरपालिकालाई ‘पोखरा जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्र’ सञ्चालनका लागि सूचना…
  • गल्फ लुब्रिकेन्टको डिलर मिट

    आदर्श समाज सम्वाददाता श्रावण २५, २०७९
    पोखरा । गल्फ लुब्रिकेन्टेका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लि.ले हालै आफ्नो डिलर मिट सम्पन्न गरेको छ । २…
  • पोखरामा मनाइयो विश्व आदिवासी दिवस

    आदर्श समाज सम्वाददाता श्रावण २५, २०७९
    पोखरा । २८ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मंगलबार नेपालसहित विश्वभर विविध कार्यक्रम मनाइएको छ । पर्यटकीय नगरी पोखरामा पनि…
  • प्रेस युनियन पदाधिकारीको सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण २४, २०७९
    पोखरा । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीको पोखरामा सम्मान गरिएको छ । प्रेस युनियन कास्कीले सोमबार आयोजना गरेको…
  • ढिकुरपोखरीमा रेडक्रस परिचयात्मक कार्यक्रम

    आदर्श समाज सम्वाददाता श्रावण २४, २०७९
    हेमजा । नेपाल रेडक्रस सोसाइटी अन्नपूर्ण गापा १,२,३ उपशाखा ढिकुरपोखरीले रेडक्रस परिचयात्मक कार्यक्रम तथा विपद् व्यवस्थापनसम्बन्धी प्रशिक्षण गरेको छ ।…

hero news full width