विश्व आदिवासी दिवस मनाइने

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७९
Aadibasi Photo

पोखरा । नेपाल आदिवासी जनजाति महासंघ गण्डकीले २८ औं विश्व आदिवासी दिवस (९ अगस्त) पोखरामा मनाउने भएको छ ।

संघले साउन २४ गते चिप्लेढुंगाबाट आ–आफ्नो जातीय मौलिक झाँकीसहित प्याली गर्ने भएको छ । बिहान ११ बजे सुरु हुने र्‍याली नेपाल मगर संघ कास्कीको भवनमा पुगेर औपचारिक कार्यक्रममा परिणत हुने बिहीबार पत्रकार सम्मेलनमा जनाइयो ।

कोरोनाका कारण अघिल्ला २ वर्ष रोकिएको कार्यक्रमलाई यसपािल निरन्तरता दिन लागिएको जनाइएको छ ।

पहिचान, पहुँच, प्रतिनिधत्व र समावेशीकरणका लागि आदिवासी जनजाति आन्दोलन जाति, भाषा अमर संस्कृति संरक्षणको लागि देशव्यापी राष्ट्रिय जागरण नाराका साथ महासंघले देशव्यापीरूपमा कार्यक्रम गर्न लागेको संघका जिल्ला समन्वय अध्यक्ष मानेन्द्रकुमार मलिले बताए ।

यस्तै, तमु धिं नेपालले यस वर्ष एसइई उत्तीर्ण तमु विद्यार्थीलाई बधाई एवं शैक्षिक अनुशिक्षण कार्यक्रम गरी दिवस मनाउने भएको छ ।

दिवसलाई सिर्जनात्मक ढंगले मनाउनुपर्छ भन्ने मान्यताका अनुसार तमु विद्यार्थीलाई उच्च शिक्षातर्फ प्रोत्साहन र अभिभावकलाई समेत शिक्षाको महत्वका बारेमा प्रशिक्षित गर्न सो कार्यक्रम गर्न लागिएको जनाइएको छ ।

अनुशिक्षण कार्यक्रममा विद्यार्थीसँगै अभिभावकलाई समेत कार्यक्रमका गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले विद्यार्थीलाई मार्गनिर्देशन गर्ने कार्यक्रम छ । शिक्षा नै विकास र अधिकारको मुल जड भएकाले आदिवासी जनजातिका लागि अत्यन्तै महत्व राख्ने विश्व आदिवासी दिवस नाचगान र ¥यालीमा सीमित नराखी ज्ञान, सीप आर्जन गर्ने पर्वको रुपमा अघि बढाउनुपर्ने तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

  • रेडक्रसमार्फत विपद् जोखिम न्यूनीकरण प्रविधि हस्तान्तरण

    आदर्श समाज सम्वाददाता श्रावण २५, २०७९
    पोखरा । नेपाल रेडक्रस सोसाइटीले पोखरा महानगरपालिकालाई ‘पोखरा जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्र’ सञ्चालनका लागि सूचना…
  • गल्फ लुब्रिकेन्टको डिलर मिट

    आदर्श समाज सम्वाददाता श्रावण २५, २०७९
    पोखरा । गल्फ लुब्रिकेन्टेका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लि.ले हालै आफ्नो डिलर मिट सम्पन्न गरेको छ । २…
  • पोखरामा मनाइयो विश्व आदिवासी दिवस

    आदर्श समाज सम्वाददाता श्रावण २५, २०७९
    पोखरा । २८ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मंगलबार नेपालसहित विश्वभर विविध कार्यक्रम मनाइएको छ । पर्यटकीय नगरी पोखरामा पनि…
  • प्रेस युनियन पदाधिकारीको सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण २४, २०७९
    पोखरा । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीको पोखरामा सम्मान गरिएको छ । प्रेस युनियन कास्कीले सोमबार आयोजना गरेको…
  • ढिकुरपोखरीमा रेडक्रस परिचयात्मक कार्यक्रम

    आदर्श समाज सम्वाददाता श्रावण २४, २०७९
    हेमजा । नेपाल रेडक्रस सोसाइटी अन्नपूर्ण गापा १,२,३ उपशाखा ढिकुरपोखरीले रेडक्रस परिचयात्मक कार्यक्रम तथा विपद् व्यवस्थापनसम्बन्धी प्रशिक्षण गरेको छ ।…

hero news full width