‘एक घर एक धारा’ सधैं अपूरा

धनबहादुर गुरुङ
श्रावण २०, २०७९
dhara picss

फाइल फोटो

पोखरा । गण्डकी सरकारले ‘एक घर, एक धारा’ कार्यक्रम २०७६ सालदेखि नै सुरु गरेको थियो । तर अनेक समस्याका कारण अझै पनि नगरपालिकाको गाउँमा अवस्था दयनीय छ । सरकार जसको भए पनि प्रदेश सरकार ‘एक घर, एक धारा’ अभियान सफल हुन नसक्ने अवस्थामा छ । गण्डकीमा नेकपा (एमाले) का पृथ्वीसुब्बा गुरुङ नेतृत्व सरकारले सुरु गरेको कार्यक्रम नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले पनि पूरा नगर्ने देखिएको छ ।

प्रदेशको ‘एक घर, एक धारा’ कार्यक्रमबाट प्रदेशका ५ लाख ५९ हजार ३ हजार ५३ जनसंख्या लाभान्वित भएको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ । यस कार्यक्रमका लागि मन्त्रालयमार्फत गत आर्थिक वर्षमा १ सय १८ योजना सम्पन्न भएका छन् । जसमा २८ हजार ९ सय ६० निजी धारा जडान गरिएको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले जानकारी दिए । अहिले १ हजार ८१ आयोजनाको काम भइरहेको छ । प्रदेशको जनसंख्याको धेरै जनता अझै पनि आधारभूत खानेपानीको पहुँचबाहिर रहेकाले बढीभन्दा बढी घरधुरीमा धारा जडान गर्ने लक्ष्यसहित काम भइरहेको मन्त्री आचार्यले बताए । मन्त्रालयले प्राकृतिक विपत्तिबाट क्षति भएका आयोजनाको मर्मत पनि गरिरहेको छ । प्रदेशमा गत वर्ष १ सय ५३ आयोजना मर्मत गरिएको छ ।

अघिल्लो सरकारले सुरुआत गरेको कार्यक्रम भनेर बेवास्ता नगर्दै आफूहरुको कार्यक्रम सम्झिदै प्रदेशका नागरिकलाई आधारभूत खानेपानीको पहुँच पुर्‍याउने उद्देश्यले काम भइरहेको मन्त्री आचार्यको भनाइ छ । सोही कारण पनि प्रदेशभित्र खानेपानीको समस्या रहेका गाउँ पुगेर स्थानीयसँग छलफल गरिरहेको उनले सुनाए ।

प्रदेशका १५ प्रतिशतलाई मात्र प्रशोधित पानीको पहुँच

मन्त्रालयले प्रदेशका ११ वटै जिल्लामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट काम गरिरहेको छ । गोरखामा रहेको कार्यालयले गोरखा र लमजुङ, बागलुङको कार्यालयले बाग्लुङ र पर्वत, स्याङ्जाको कार्यालयले स्याङ्जा र कास्की, तनहुँको कार्यालयले तनहुँ र नवलपुर जिल्ला हेर्ने गर्दछ । यस्तै म्याग्दी, मुस्ताङ र मनाङमा इकाइ कार्यालयमार्फत काम भइरहेको छ । यी कार्यालयबाट गत आवमा गोरखामा २२, लमजुङमा १५, बागलुङमा १०, पर्वतमा ४, स्याङ्जामा १३, कास्कीमा १४ तनहुँमा १२ आयोजना सकिए भने नवलपुरमा कुनै आयोजना भएनन् । यस्तै, म्याग्दीमा ३ मुस्ताङमा ९ र मनाङमा १२ खानेपानी आयाजना सकिएको मन्त्रालयले जनाएको छ । समग्रमा प्रदेशमा ९७.७४ प्रतिशत जनसंख्या आधारभूत खानेपानी आयोजनाको पहुँचमा पुगेको मन्त्रालयको तथ्यांक छ ।

मन्त्रालयले प्रशोधितभन्दा पनि आधारभूत खानेपानीमा जोड दिएको छ । प्रदेशका सबै जनतालाई आधारभूत खानेपानीको पहुँचमा पुर्‍याएपछि मात्र शुद्ध खानेपानीमा ध्यान दिने मन्त्रीको भनाइ छ । ‘प्रदेशमा अहिले १५ प्रतिशत जनताले मात्र प्रशोधित पानी पिएका छन्,’ उनले भने, ‘हामीले अहिले शुद्ध पानीभन्दा पनि आधारभूत खानेपानीमा ध्यान दिएका छौं । आधारभूत खानेपानी पूरा भएपछि शुद्ध खानेपानी तर्फ योजना ल्याउँछौं ।’

मन्त्रालयले आर्थिक वर्षमा ९५.६० प्रतिशत भौतिक प्रगति र ९०.४६ प्रतिशत वित्तीय प्रगति गरेको उनले सुनाए । विविध कारणले मन्त्रालयको भौतिकभन्दा वित्तीय प्रगति कम भएको मन्त्री आचार्यले बताए । ‘हामीले धेरै प्रगति गरेका छौं, प्रदेशकै अन्य मन्त्रालयको तुलनामा हामी अघि नै छौं,’ मन्त्री आचार्यको दाबी छ, ‘अन्य प्रदेशको प्रगति विवरण त बुझ्न भ्याएको छैन तर हामीले अन्य प्रदेशले भन्दा धेरै नै काम गरेका छौं ।’ संघ सरकारले अगाडि बढाएका सशर्त तर्फका योजनाहरुमा रकम निकासामा ढिलाइ, नेपालको सार्वजनिक खरिद ऐन, कोरोना महामारी लगायत समस्यालाई चिर्दै प्रदेश सरकारले काम गरिरहेको छ । केही स्थानमा निर्माण कम्पनीकै कारण पनि काममा ढिलाइ भइरहेको उनले बताए ।

Related News

सम्बन्धित समाचार

  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…

hero news full width