कृषक प्रोत्साहन गर्दै महानगर

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७९
agriculture

पोखरा । पोखरा महानगरपालिकाले कृषकलाई २० लाख बराबरको अनुदान वितरण गरेको छ । मेयरमैत्री बाख्रापालन प्याकेज कार्यक्रमअन्तर्गत कृषक समूहलाई ५ लाख दरले २० लाख बराबरको अनुदान वितरण गरिएको हो ।

महानगर पशु सेवा शाखाद्वारा आयोजित बाख्रामेला प्रदर्शनी तथा अनुदान वितरण कार्यक्रममा मेयर धनराज आचार्यले सो अनुदान वितरण गरेका हुन् ।

अनुदान प्राप्त गर्नेमा आर्बाको मिलीजुली बाख्रापालन कृषक समूह, पोखरा १८ को सराङकोट बाख्रापालन समूह, पोखरा ३२ को लगनशील बाख्रापालन कृषक समूह र पोखरा ३१ को बेगनास बाख्रापालन समूह हुन् । अनुदानले ती समूहका १ सय बढी कृषक लाभान्वित हुने अपेक्षा छ । यसैगरी, मौजा हिल लाइभ स्टक फार्म, पोखरा २० का दुर्गाबहादुर गुरुङलाई ‘सर्वोत्कृष्ट वर्ष कृषक’ सहित सम्मान गरिएको छ । उनले विभिन्न स्थानलाई बाख्रापालनको पकेट क्षेत्रको रूपमा विकास गर्न तथा कृषकलाई प्रोत्साहन गर्ने कार्यमा उल्लेख्य योगदान दिएका छन् ।

महानगरका १७ उत्कृष्ट कृषि फार्मलाई पनि सो अवसरमा सम्मान गरियो । सम्मानित कृषकका प्रत्येक फार्ममा १ सय सय बढीको संख्यामा बाख्रा पालिएका छन् । मेयर आचार्यले आगामी ५ वर्षभित्र महानगरलाई कृषि तथा पशुजन्य उत्पादनहरू तरकारी, दूध, अण्डा, मासु तथा फलफूलमा आत्मनिर्भर बनाइने बताए । कृषलाई निर्वाहमुखी भन्दा व्यावसायीकरणमा जोड दिने बताए ।

कार्यक्रममा पोखरा १३ का वडाध्यक्ष किरण बराल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डे, कृषि विकास महाशाखाका प्रमुख मनोहर कोरिया, बाख्रापालन किसान समूह कास्कीका अध्यक्ष दुर्गाबहादुर गुरुङ, पशु सेवा शाखाका प्रमुख नवराज अधिकारी, नमुना प्रांगारिक कृषि सहकारी अध्यक्ष टेकनाथ बराल र किसान मीना गुरुङलगायत बोलेका थिए । कार्यक्रम मिलीजुली बाख्रापालन कृषक समूहका अध्यक्ष ऋषिराम पराजुलीको अध्यक्षतामा भएको हो ।

महानगरका ६७ कृषकले व्यावसायिक कृषक परिचयपत्र प्राप्त गरेका छन्् । वर्णशंकर र शुद्ध गरी पोखराका कृषकका फार्ममा ६७ हजार बढी बाख्रा पालिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width