काठमाडौं। सरकारले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेको छ। आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते एकै चरणमा गर्नेगरी चुनाव घोषणा गरेको हो।
हिजो बुधबार सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ गते संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो। निर्वाचन आयोगले भने मंसिर २ मा निर्वाचन गर्न सिफारिस गरेको थियो।
निर्वाचन आयोगले १ महिनाअघि नै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो। तर, सरकारले १०७ दिनको अवधि राखेर मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको हो।
प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र र सात प्रदेशका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ। यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो।
सरकारले यसअघि गत वैशाख ३० गते एकै चरणमा स्थानीय तह निर्वाचन गराएको थियो।
Related News
सम्बन्धित समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
hero news full width
मुख्य समाचार
पोखरामा मनाइयो विश्व आदिवासी दिवस
नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
श्रावण २३, २०७९मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक
श्रावण २३, २०७९चुनाव घोषणापछि एमाले सक्रिय : वर्षदिन अघि सरकार बन्यो, अहिले पो विरोध ?
श्रावण २३, २०७९सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
श्रावण २२, २०७९पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
श्रावण २२, २०७९